Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

बालेन सरकारको पहिलो तीन महिनामा अर्थतन्त्र ४ प्रतिशतले बढ्यो, आपूर्ति क्षेत्र २४.३६ प्रतिशत विस्तार

बालेन सरकारको पहिलो तीन महिनामा अर्थतन्त्र ४ प्रतिशतले बढ्यो, आपूर्ति क्षेत्र २४.३६ प्रतिशत विस्तार
विज्ञापन
Advertisement

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारका पहिलो तीन महिनामा नेपालको अर्थतन्त्र ४ प्रतिशतले विस्तार भएको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (वैशाख–असार) मा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा अर्थतन्त्रमा उक्त वृद्धि देखिएको हो। सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.८५ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरेको थियो । प्रधानमन्त्री बालेनले चैत १३ गते पदभार सम्हालेका थिए ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा अनुमानअनुसार विद्युत्, ग्यास तथा वातानुकूलित आपूर्ति क्षेत्र सबैभन्दा बढी २४.३६ प्रतिशतले विस्तार भएको छ। वित्तीय तथा बिमा क्षेत्रमा ९.०७ प्रतिशत, आवास तथा भोजन सेवामा ७.८४ प्रतिशत, सूचना तथा सञ्चारमा ७.६६ प्रतिशत र यातायात तथा भण्डारणमा ६.८१ प्रतिशत वृद्धि भएको छ।

स्रोत :राष्ट्रिय तथ्यांक कार्यालय

त्यस्तै, थोक तथा खुद्रा व्यापार ५.९७ प्रतिशत, निर्माण क्षेत्र २.३८ प्रतिशत र औद्योगिक उत्पादन १.४४ प्रतिशतले बढेका छन्। अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर भने १.३५ प्रतिशतमा सीमित भएको छ । सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र ०.१२ प्रतिशतले संकुचित भएको कार्यालयको तथ्याङ्क छ । मौसमी प्रभाव समायोजन गरी अघिल्लो त्रैमाससँग तुलना गर्दा चौथो त्रैमासमा अर्थतन्त्र १.५४ प्रतिशतले बढेको छ। यस अवधिमा आवास तथा भोजन सेवा क्षेत्र ६.०५ प्रतिशतले विस्तार हुँदा औद्योगिक उत्पादन भने ०.४८ प्रतिशतले घटेको छ ।

मौसमी प्रभाव असमायोजित कुल मूल्य अभिवृद्धि वृद्धिदर (आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक)  स्रोत :राष्ट्रिय तथ्यांक कार्यालय

स्थिर आधारभूत मूल्यमा चौथो त्रैमासको कुल गार्हस्थ्य उत्पादन ६ खर्ब ७१ अर्ब ३१ करोड १० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आकार ६ खर्ब ४५ अर्ब ४७ करोड ६० लाख रुपैयाँ थियो । कार्यालयका अनुसार विद्युत् उत्पादन, प्रसारण तथा वितरण, वित्तीय गतिविधि र सेवा क्षेत्रको विस्तारले आर्थिक वृद्धिमा योगदान पुर्‍याएका छन्। तर सरकारी खर्चमा आएको संकुचन तथा कृषि र औद्योगिक उत्पादनमा सीमित प्रगतिका कारण समग्र आर्थिक वृद्धि मध्यम स्तरमा रहेको विश्लेषण गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit