Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

लगातार छैटौं दिन बढ्यो शेयर बजार, ४.७० अर्बको कारोबार

लगातार छैटौं दिन बढ्यो शेयर बजार, ४.७० अर्बको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । शेयर बजारमा लगातार छैटौं कारोबार दिन पनि वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५ अंकमा पुगेको हो। अघिल्लो कारोबार दिन बुधबार बजार २१.३२ अंकले बढेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

बजारमा सामान्य वृद्धि देखिए पनि अधिकांश कम्पनीको शेयर मूल्य भने घटेको छ। बिहीबार ७१ कम्पनीको शेयर मूल्य बढ्दा ९१ कम्पनीको घटेको छ । यस्तै, १५ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । कारोबारमा आएका समूहहरूमध्ये फाइनान्स समूह सबैभन्दा धेरै १.०३ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी समूह ०.७८ प्रतिशत, जलविद्युत् समूह ०.६० प्रतिशत, निर्जीवन बीमा समूह ०.५४ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.३८ प्रतिशत र विकास बैंक समूह ०.३५ प्रतिशतले बढेका छन् ।

होटल तथा पर्यटन समूह ०.२७ प्रतिशत र जीवन बीमा समूह ०.१६ प्रतिशतले उकालो लागेका छन् । लामो समयपछि बैंकिङ समूह भने ०.१६ प्रतिशतले घटेको छ । यसबाहेक अन्य समूह ०.१९ प्रतिशत, व्यापार समूह ०.५५ प्रतिशत तथा उत्पादन तथा प्रशोधन समूह ०.०६ प्रतिशतले ओरालो लागेका छन् । बिहीबार शेयर कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ४ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ४ अर्ब ७० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

हालै सूचीकृत बेनी हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ३१३ रुपैयाँ ९० पैसा पुगेको छ। मूल्य बढ्ने अन्य कम्पनीमा हिमालयन एभरेस्ट इन्स्योरेन्स ६.३५ प्रतिशत, मञ्जुश्री फाइनान्स ४.४४ प्रतिशत, रिडी पावर ३.७५ प्रतिशत, विन्ध्यबासिनी हाइड्रोपावर ३.५८ प्रतिशत र ग्रिन भेन्चर्स ३.४५ प्रतिशत रहेका छन् । यता, माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य २.८३ प्रतिशत र कालंगा हाइड्रोपावरको २.७३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा कुमारी बैंक, अपी पावर, घलेम्दी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, ग्रिन भेन्चर्स, ग्लोबल आईएमई बैंक, माउन्टेन इनर्जी नेपाल, मध्यभोटेकोशी जलविद्युत् कम्पनी र सानिमा बैंक अगाडि रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit