Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

तातोपानी र रसुवागढी नाका बन्द हुँदा मुस्ताङ भन्सारलाई फाइदा, तीन महिनामै उठायो ८.३२अर्ब राजस्व 

तातोपानी र रसुवागढी नाका बन्द हुँदा मुस्ताङ भन्सारलाई फाइदा, तीन महिनामै उठायो ८.३२अर्ब राजस्व 
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को करिब तीन महिना अवधिमा ८ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले साउनदेखि असोज २७ गतेसम्म उक्त रकम राजस्वका रूपमा सङ्कलन गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

कार्यालयले चालु आर्थिक वर्षमा कुल ९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। निर्धारित लक्ष्यको ९३.५३ प्रतिशत राजस्व असोज २७ गतेसम्ममै सङ्कलन भइसकेको छ। अब लक्ष्य पूरा गर्न ६७ करोड १७ लाख रुपैयाँ अर्थात् ७.४६ प्रतिशत राजस्व सङ्कलन गर्न बाँकी छ। मुस्ताङ भन्सारको राजस्व सङ्कलनमा भएको उल्लेखनीय वृद्धिको प्रमुख कारण तातोपानी र रसुवागढी नाका बन्द हुनु रहेको बताइएको छ। ती दुवै नाका पूर्ण रूपमा बन्द भएपछि चीनसँगको व्यापारका लागि कोरलानाका वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ। यसले उक्त नाकाबाट हुने आयात–निर्यात गतिविधि बढाएको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज २७ गतेसम्म कोरलानाकाबाट १९ अर्ब ४० करोड ६७ लाख रुपैयाँ मूल्य बराबरका मालवस्तु नेपाल भित्रिएका छन्। सोही अवधिमा नेपालबाट चीनतर्फ ३७ लाख ७८ लाख रुपैयाँ मूल्य बराबरका वस्तु निर्यात भएको विभागले जनाएको छ। तातोपानी र रसुवागढी नाका बन्द भएपछि नेपाल–चीन उत्तरी कोरलानाकाअन्तर्गत लोमान्थाङ गाउँपालिका–४, न्हेचुङस्थित मुस्ताङ भन्सारमा व्यापारिक गतिविधि बढ्दा राजस्व सङ्कलनमा उल्लेख्य सुधार आएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit