काठमाडौं। आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
संस्थाले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो। संस्थाको आइतबार बसेको सञ्चालक समितिको १९१औँ बैठकले हाल कायम चुक्ता पुँजीको ९.४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमा लाग्ने करसमेत समावेश गरिएको संस्थाले जनाएको छ।
हाल संस्थाको चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँ रहेको छ। यस आधारमा शेयरधनीले कुल ९ करोड ७२ लाख २ हजार ५५ रुपैयाँ २० पैसा नगद लाभांश प्राप्त गर्नेछन्। राष्ट्र बैंकको स्वीकृति तथा आवश्यक प्रक्रिया पूरा भएपछि संस्थाले शेयरधनीलाई प्रस्तावित नगद लाभांश वितरण गर्नेछ।















प्रतिक्रिया दिनुहोस्