काठमाडौं। नेपाली बजारमा लगातार दुई कारोबार दिनमा ठूलो गिरावट आएको सुनको मूल्य सोमबार पुनः बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसअघि शुक्रबार र आइतबार गरी दुई कारोबार दिनमा सुनको भाउ प्रतितोला ११ हजार ५०० रुपैयाँले घटेको थियो। शुक्रबार ३ हजार २०० रुपैयाँ घटेको सुन आइतबार थप ८ हजार ३०० रुपैयाँले सस्तिएको थियो। बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि सोमबार बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै, शुक्रबारको ३ हजार ८२५ रुपैयाँबाट आइतबार चाँदी १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँमा झरेको थियो।
यद्यपी, अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अक्टोबरमा सुनको मूल्य लगातार दोस्रो महिना घट्ने क्रममा रहेको छ। अमेरिकी ब्याजदर, कच्चा तेलको मूल्य र शेयर बजारमा आएको उतारचढावले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यलाई प्रभावित बनाएको छ।















प्रतिक्रिया दिनुहोस्