Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

हिमालको सुरक्षाका लागि नेपालसँग सहकार्य गर्न स्विट्जरल्याण्ड इच्छुक

हिमालको सुरक्षाका लागि नेपालसँग सहकार्य गर्न स्विट्जरल्याण्ड इच्छुक
विज्ञापन
Advertisement

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रमा देखिएका वातावरणीय समस्या समाधानका लागि स्विट्जरल्याण्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल भ्रमणमा रहेका स्विट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन् ।

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको शान्ति प्रक्रिया, लोकतन्त्र, संघीयता, स्थानीय शासन तथा सामाजिक–आर्थिक विकासमा स्विट्जरल्याण्डले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरेको उनको निजी सचिवालयले जनाएको छ। ‘नेपालको शान्ति प्रक्रियामा स्विट्जरल्याण्ड सरकारको निरन्तर सहयोग हाम्रा लागि निकै महत्त्वपूर्ण छ,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘नेपालको लोकतन्त्र, संघीयता, स्थानीय शासन तथा सामाजिक–आर्थिक विकासलाई सुदृढ गर्न स्विट्जरल्याण्डले लामो समयदेखि गर्दै आएको सहयोगको म प्रशंसा गर्दछु ।’

यस्तै, राष्ट्रपति पौडेलले स्विट्जरल्याण्डका सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू निरन्तर प्रभावित रहेको धारणा समेत व्यक्त गरेका छन् । भेटमा स्विट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिँदै गएको जोखिमप्रति चिन्ता व्यक्त गरे । उनले हिमालहरूमा तीव्र परिवर्तन भइरहेको उल्लेख गर्दै सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली महत्त्वपूर्ण हुने बताए। उनले भनेका छन्, ‘हिमालहरू चलायमान हुँदैछन्। यस्तो अवस्थामा पूर्वसूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण छ। यस क्षेत्रमा स्विट्जरल्याण्डले काम गरिरहेको छ र नेपालसँग सहकार्य गर्दै अगाडि बढ्न चाहन्छ ।’

जलवायु परिवर्तनको बढ्दो प्रभाव र हिमाली क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल र स्विट्जरल्याण्डबीच प्राविधिक तथा अनुभव आदानप्रदानमा सहकार्य विस्तार गर्ने विषयमा समेत भेटमा छलफल भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit