Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

आन्द्रे रसेलले अलराउण्ड प्रदर्शनमा विराटनगर किंग्स रोमाञ्चक जित

आन्द्रे रसेलले अलराउण्ड प्रदर्शनमा विराटनगर किंग्स रोमाञ्चक जित
अर्धशतक बनाएपछि ब्याट उठाउँदै विराटनगर किङ्ग्समा आवद्ध खेलाडी काठमाडौँ, १७ कात्तिक: काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक पुरा गरेपछि ब्याट उठाउँदै विराटनगर किङ्ग्समा आवद्ध आन्द्रे रसेल । तस्बिरः घनश्याम श्रेष्ठ/रासस
विज्ञापन
Advertisement

काठमाडाैं । आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । ब्याटिङमा अर्धशतक बनाएका रसेलले बलिङमा इनिङ्सको अन्तिम बलमा विकेट लिएपछि विराटनगरले रोमाञ्चक जित हात पारेको हो ।

विज्ञापन
Advertisement
Advertisement

विराटनगरले दिएको १७६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो । अन्तिम बलमा विकेट लिएका रसेलले खेलमा ४ विकेट लिए ।

विराटनगरले सुरुवाती दुई खेलमा हार बेहोरेपछि लगातार दु२ खेल जित्दै ४ खेलबाट ४ अंक जोडेको छ । चार खेलमा जनकपुरको यो दोस्रो हार हो । जनकपुरको पनि ४ खेलबाट ४ अंक नै छ ।

जनकपुरका लागि बंगलादेशी खेलाडी सेफ हसनले सर्वाधिक ७१ रन बनाएपनि जिताउन सकेनन् । उनलाई रसेलले अन्तिम बलमा बसिर अहमदबाट क्याचआउट गराए । ४८ बल खेलेका हसनले २ चौका र ५ छक्का प्रहार गरे । विशाल सुशिलङले ४३ र जिमी निशमले २९ रन जोडे ।

जनपुरले ३० रन हुँदा सुरुवाती ३ विकेट गुमाएको थियो । तर सेफ हसन र विशाल सुशलिङले चौथो विकेटका लागि ७६ रनको महत्वपूर्ण साझेदारी गर्दै जनकपुरको इनिङ्स सम्हालेका थिए ।

यस संस्करणमा पहिलो खेल खेलेका विशालले ३० बलमा २ चौका र ३ छक्का मदतमा ४३ रन बनाए । विशाल आउट भएपछि जिमी निशमले सेफ हसनलाई साथ दिँदै आक्रमक ब्याटिङ गरेका थिए । निशमले १५ बलमा ३ चौका प्रहार गर्दै २९ रन जोडे । पाँचौ विकेटका लागि हसन र निशमले ५६ रनको अर्धशतकिय साझेदारी गरेका थिए ।

तर निशमलाई विराटनगरका रुपशे सिंह्यले १९औं ओभरको अन्तिम बलमा आउट गर्दै विराटनगरलाई खेलमा फर्काए । सेफ हसनले अन्तिमसम्म क्रिजमा रहेर जितको प्रयास गरेपनि अन्तिम बलमा आउट हुँदा जिताउन सकेनन् ।

बलिङमा विराटनगरका लागि आन्द्रे रसेलले ४ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । एन्जेलो म्याथुजले २ तथा रुपेश सिंहले १ विकेट लिए । त्यसअघि इमरान शेख, लोकेश बम र आन्द्रे रसेलले अर्धशतक प्रहार गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो । विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ र ओपनर लोकेश बमले ५० रन बनाए । आन्द्रे रसेलले अविजित ५२ रन बनाए ।

एनपीएल इतिहासमा एकै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो । इमरानले ४५ बल खेल्दै ५ चौका र २ छक्का मदतमा ५६ रन बनाए । लोकेशले ४० बल खेल्दा समान ३ चौका र ३ छक्का मदतमा ५० रन जोडे ।

ओपनर शेहान जयासूर्य टिमको स्कोर २ रन हुँदा नै आउट भएपछि वान डाउनमा आएका इमरान शेख र ओपनर लोकेश बमले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए । यस सिजन यो पहिलो शतकिय साझेदारी हो ।

यस्तै आक्रमक ब्याटिङ गरेका आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए । आक्रमक ब्याटिङ गरेका उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभम रन्जाने ७ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका लागि अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit