काठमाडाैं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ भने चाँदी घटेको छ।
मंगलबार प्रतितोला सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने तोलामा ६ सय रूपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजार रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ।
मंगलबार प्रतितोला तीन हजार ६ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ६ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।















प्रतिक्रिया दिनुहोस्