Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

एनआइसी एसिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न सेबोनको अनुमति

एनआइसी एसिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न सेबोनको अनुमति
विज्ञापन
Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ः०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंगलबार बैंकलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो।

विज्ञापन
Advertisement
Advertisement

बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशतका दरले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ।

बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबि एस क्यापिटलले पाएको छ। पुँजी कोषमा परेको दबाबका कारण व्यवसाय विस्तारमा कठिनाइ भएपछि बैंकले हकप्रद सेयरमार्फत थप पुँजी जुटाउन लागेको हो।

हकप्रद सेयर निष्कासनपछि बैंकको पुँजीगत आधार मजबुत हुने र व्यवसाय विस्तारमा सहजता आउने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit