Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी समसामयिक विषयमा छलफल गर्दै कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण गरेको हो।

भेटका क्रममा अध्यक्ष उप्रेतीले नाडाले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन परिस्थितिमा सम्बन्धित संघसंस्था र सरकारी निकायलाई आवश्यक सहयोग गर्दै आएको जानकारी गराए ।

नाडाले यस्ता सहयोगात्मक गतिविधिले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै राज्यका निकायसँगको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा केन्द्रीय कार्यसमिति सदस्य दीपककुमार अग्रवाल र नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो।

नाडाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता रचनात्मक तथा सहयोगात्मक गतिविधिलाई निरन्तरता दिँदै सम्बन्धित निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit