काठमाडाैं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्री बीच शिष्टाचार भेटवार्ता भएको छ।
अर्थमन्त्री डा।वाग्ले र विदेश सचिव मिश्री बीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो।
भेटमा उनिहरुले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल गरेका हुन्। भेटमा अर्थसचिव डा.घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरु सहभागी रहेका थिए ।
यस अघि मिश्रीले परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका थिए । उनले भोलि रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेट गर्ने सूची रहेको छ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारीका सम्बन्धमा उनी नेपाल आएका हुन् ।















प्रतिक्रिया दिनुहोस्