Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सम्पन्न, १ करोड ४६ लाख भन्दा बढीको कारोबार

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सम्पन्न, १ करोड ४६ लाख भन्दा बढीको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा सम्पन्न १९औ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी १ करोड ४६ लाख भन्दा बढीको कारोबार गर्दै सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मेलाको अन्तिम दिन बुधबार ६ हजार ५ सय ८१ जनाले मेला अबलोकन गरेको तथा २४ लाख ९० हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको फ्यान सचिवालयले जानकारी दिएको छ ।

मेला अबधीमा मौसममा आएको प्रतिकूलता हुँदा हुँदै पनि कारोबार र अबलोकनकर्ताको उपस्थिती सोचे अनुरुपनै भएको मेला संयोजक सुमन महर्जनले बताए ।

प्रदर्शनीको पहिलो दिन ८ हजार ९ सय, दोस्रो दिन ४ हजार २ सय, तेस्रो दिन १० हजार ७ सय, चौथो दिन ७ हजार २ सय ५० र पाँचौ दिन ६ हजार ७ सय ५६ जनाले मेला अबलोकन गरेका थिए ।

मेलाको पाँचौं दिन २१ लाख ५० हजारको कारोबार भएको थियो । बुधबार मेलाको छैटौ तथा अन्तिम दिन २४ लाख ९० हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको फ्यानले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit