Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १८ महिनासम्म ब्याजबिनै किस्ताबन्दीमा सामान किन्न पाउने

नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १८ महिनासम्म ब्याजबिनै किस्ताबन्दीमा सामान किन्न पाउने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्तालाई ब्याज तथा सेवाशुल्कबिनै किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने सुविधा सुरु गरेको छ। बैंक स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर बैंकले फिन्तारा सोलुसन्स प्रालिसँगको सहकार्यमा बीएनपीएल (Buy Now Pay Later) प्लेटफर्ममार्फत उक्त सुविधा सञ्चालनमा ल्याएको हो।

विज्ञापन
Advertisement
Advertisement

बैंक र फिन्तारा सोलुसन्सबीच भएको सम्झौताअनुसार नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १८ महिनासम्मको किस्ताबन्दी सुविधामा विभिन्न सामान खरिद गर्न सक्नेछन्। यस सुविधाअन्तर्गत ग्राहकलाई कुनै पनि ब्याज तथा सेवाशुल्क लाग्ने छैन।

सम्झौतामा कात्तिक १६ गते नेपाल बैंकको प्रधान कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठक र फिन्तारा सोलुसन्सका कार्यकारी निर्देशक आशिषकुमार शर्माले हस्ताक्षर गरेका हुन्।

नेपाल बैंक यही कात्तिक ३० गते स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ। बैंकले आधुनिक प्रविधिको प्रयोग, दक्ष व्यवस्थापन र युवा जनशक्तिमार्फत देशभर गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ। ग्राहकलाई सहज तथा सुविधाजनक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ प्रविधिमा आधारित सेवा थप गर्दै आएको बैंकले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit