Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

एनआईसी एशिया क्यापिटलद्वारा विपद् उद्धार कोषमा २१ लाख सहयोग

एनआईसी एशिया क्यापिटलद्वारा विपद् उद्धार कोषमा २१ लाख सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुगेको थियो।

बाढीका कारण सडक, पुल, बस्ती, बजार तथा जलविद्युत् आयोजनालगायतका संरचनामा व्यापक क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले क्यापिटलले उक्त रकम प्रदान गरेको हो ।

क्यापिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा २१ लाख रुपैयाँ जम्मा गरेको जनाएको छ ।

विपद्बाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै क्यापिटलले उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा निरन्तर खटिएका सरकारी निकाय, सुरक्षाकर्मी, स्वयंसेवक तथा सहयोगी संस्थाहरूको योगदानको उच्च सम्मान गरेको छ ।

एनआईसी एशिया क्यापिटलले आफ्नो स्थापनाकालदेखि नै व्यावसायिक गतिविधिसँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

संस्थाले विद्यार्थी तथा देशका विभिन्न भूभागमा बसोबास गर्ने सर्वसाधारणलाई लक्षित गरी वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रमसमेत निरन्तर सञ्चालन गर्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit