Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

डोङफेङ नामीको जेएफ–एस३ मोडल छोटो समयमै १२ हजार बढी युनिट निर्यात

डोङफेङ नामीको जेएफ–एस३ मोडल छोटो समयमै १२ हजार बढी युनिट निर्यात
विज्ञापन
Advertisement

काठमाडौं । डोङफेङ नामीले उत्पादन गरेको विद्युतीय सवारी मोडल जेएफ–एस३ ले १२ हजार बढी युनिट निर्यात गर्दै अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ । मोडल जेएफ–एस३ मोडलका सवारी ४० भन्दा बढी देश तथा क्षेत्रहरूमा निर्यात गर्न सफल भएको जुनफेङ कम्पनीले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यसले कम्पनीको विश्वव्यापी रणनीतिक विस्तारलाई थप सुदृढ बनाएको स्पष्ट संकेत गरेको कम्पनीको बुझाइ छ। सन् २०२४ को डिसेम्बरदेखि युरोपमा डेलिभरी सुरु भएयता जेएफ–एस३ ले युरोपेली बजारमा उक्त परिमाणमा सवारी बिक्री गरेको हो ।

जनवरी महिनामा नेदरल्याण्डमा चिनियाँ ब्रान्डमध्ये जेएफ–एस३ सबैभन्दा बढी बिक्री हुने इभी बनेको थियो । जसमा करिब ३०० युनिट डेलिभर गरिएको थियो। डिलरहरूको भनाइमा, यस मोडलले युरोपेली उपभोक्ताहरूको स्थान उपयोग र सवारी अनुभवका अपेक्षाहरूलाई सन्तुलित ढंगले सम्बोधन गरेकाले अर्डरहरू अनुमानभन्दा उच्च दरमा वृद्धि गराएको हो।

यस्तै, विद्युतीय सवारीको प्रयोग विश्वमै सर्वाधिक रहेको नर्वेबाट पनि यो मोडलको सवारी पहिलो महिनामै १०० भन्दा बढी संखयामा अर्डर आएको कम्पनीले जनाएको छ । चेक गणतन्त्रमा यसले आफ्नो सेग्मेन्टमा अग्रणी बजार हिस्सा हासिल गरेको छ भने लाट्भियामा चिनियाँ इभीहरूमध्ये सबैभन्दा उच्च १० प्रतिशत बजार हिस्सासहित नयाँ कीर्तिमान स्थापित गरेको कम्पनीको भनाइछ। स्थानीय मिडियाले यसलाई ‘उद्योगको मापदण्ड परिभाषित गर्ने उत्पादन’ भनेर प्रशंसा गरेको छ।

कम्पनीका अनुसार जेएफ–एस३ को सफलता सटीक बजार लक्ष्य निर्धारण र स्थानीय आवश्यकता अनुसार अनुकूलन गरिएका रणनीतिहरूको परिणामस्वरूप सम्भव भएको हो।

प्रयोगका सम्भावनाहरूमा विविधता ल्याउँदै, जेएफ–एस३ विभिन्न क्षेत्रीय आवश्यकताहरूमा पनि प्रयोग भइरहेको छ। मेक्सिको सिटीमा साझा यातायात सेवा प्रदायकहरूको लागि यो मोडल आधिकारिक सवारीको रूपमा प्रयोग भइरहेको छ भने बैंककमा यसलाई मोबाइल कफी वर्कशपको रूपमा उपयोग गरिएको छ। अफ्रिकी बजारमा सौर्य चार्जिङ किटसहितको संस्करणले पूर्वाधार अभावको सन्दर्भमा समाधान प्रस्तुत गर्दै चीनको नयाँ ऊर्जा सवारीहरू सेवा र इकोसिस्टमको समायोजनसहित निर्यात हुन थालेको स्पष्ट संकेत दिएको छ।

उत्पादन क्षमता विस्तारको सन्दर्भमा, डोङफेङ नामीले विश्वव्यापी संरचना निर्माणमा तीव्र प्रगति गरिरहेको छ। युरोपमा इन्टेलिजेन्ट सवारी र कनेक्टिभिटी प्रविधिमा केन्द्रित अनुसन्धान केन्द्र निर्माणको महत्वपूर्ण चरणमा छ। दक्षिणपूर्वी एसियामा असेंब्ली प्लान्ट परीक्षण चरणमा पुगिसकेको छ र मध्ये वर्षदेखि उत्पादन प्रारम्भ हुने अपेक्षा कम्पनीको छ। दक्षिण अमेरिकामा ‘ब्याट्री लिजिङ ंसवारी–विद्युत् पृथकीकरण’ मोडेल स्थानीय मोबिलिटी प्लेटफर्महरूसँग सहकार्यमा सुरु गरिएको कम्पनीले जनाएको छ।

यस्तै, कम्पनीले हालै सार्वजनिक गरेको नयाँ मोडल जेएफ–०६ ले पनि अन्तर्राष्ट्रिय बजारको ध्यान खिचेको छ। ‘इन्टरस्टेलर जियोमेट्रिक’ डिजाइनमा निर्माण गरिएको यो मोडलमा तारामय प्रकाश प्रभाव दिने लाइट स्ट्रिप र २५६–रङको एम्बियन्ट लाइटिङसहितको ‘लाइट डोमेन सराउन्डिङ ककपिट’ उपलब्ध छ । जसले यसलाई अत्याधुनिक र कलात्मक बनाएको छ। जेएफ–०६ को समावेशीसँगै, कम्पनीले ‘जेएफ–एस३,ं जेएफ–०६’ डुअल मोडल रणनीतिद्वारा सेग्मेन्ट कभर गर्दै उत्पाद पोर्टफोलियोलाई सुदृढ बनाएको छ।

आगामी दिनहरूमा जुनफेङ कम्पनीले डोङफेङको अन्तर्राष्ट्रिय रणनीतिलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ। उत्पादन रणनीतिमा डुअल मोडल अप्रोचलाई अझ परिष्कृत गर्दै, माग अनुरूप नयाँ मोडलहरूको विकास र साना तथा सम्भावित बजारहरूमा पहुँच विस्तार गर्ने कम्पनीको बजार लक्ष्य छ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit