Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

साउनमा भृकुटीमण्डपमा हुने ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ का लागि स्टल बाँडफाँट सम्पन्न, ५० ब्रान्डको सहभागिता

साउनमा भृकुटीमण्डपमा हुने ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ का लागि स्टल बाँडफाँट सम्पन्न, ५० ब्रान्डको सहभागिता
विज्ञापन
Advertisement

काठमाडौं ।नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफेक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ को लागि स्टल बाँडफाँट सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

एक्स्पोमा चारपांग्रे, दुईपांग्रे र व्यावसायिक सवारीसाधन गरी जम्मा ५० ब्रान्ड सहभागी हुने नाइमाले जनाएको छ। कुल ४८ स्टलमध्ये चारपांग्रे सवारी साधन ब्रान्डका लागि २१ स्टल, दुईपांग्रेका लागि १८ स्टल र व्यावसायिक सवारीका लागि ९ स्टल छुट्याइएको छ।

नाइमा अध्यक्ष ऋतुसिंह वैद्यका अनुसार सबै स्टलहरू बुक भइसकेका छन्। उनले नेपाल मोबिलिटी एक्स्पोले परम्परागत प्रदर्शनीको ढाँचामा नवीनता थप्ने दाबी गरेकी छन्। एक्स्पोको सम्पूर्ण व्यवस्थापनको जिम्मा मिडिया स्पेस सोलुसन प्रालिलाई दिइएको छ। उनले भनिन्,‘ हामी अत्यन्त हर्षित र उत्साहित छौं। सबै स्टल बुक भइसकेका छन् र अब हामी प्रदर्शनीको कार्यान्वयनमा ध्यान केन्द्रित गर्दैछौं।’

यस्ता छन् सहभागि नयाँ ब्रान्ड

चारपांग्रे सवारीतर्फ: बीवाईडी, सिट्रोन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केयी, किया, लिपमोटर, एलईभी१, महिन्द्रा, म्याक्सस, माज्डा, एमजी, मित्सुबिसी, निसान, ओमोडा एन्ड जेइको, पुज्यो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन र जिकर सहभागी हुने छन्।

दुईपांग्रे सवारीतर्फ: एम्पर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभायलेट, याडिया र जीहोले सहभागिता जनाउने छन्।

व्यावसायिक सवारी साधनतर्फ: चेरी वान्डा, डोङफेङ, फारिजन, हुआजी, कामा, केरी, किंगलङ र सनलोङजस्ता ब्रान्डले आफ्नो उपस्थिति जनाउने भएका छन्।

नाइमाले यो एक्स्पोलाई नेपालको मोबिलिटी क्षेत्रमा नवप्रवर्तन, दिगो यातायात र विद्युतीय सवारी साधन प्रवर्द्धन गर्नका लागि महत्वपूर्ण मञ्चको रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit