Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हमासद्वारा बन्धक बनाइएकामध्ये सात जना मुक्त, अमेरिकी राष्ट्रपति ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने

हमासद्वारा बन्धक बनाइएकामध्ये सात जना मुक्त, अमेरिकी राष्ट्रपति ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार इजरायल पुगेका छन् । उनी इजरायलको बेन गुरियन विमानस्थलमा सोमबार अवतरण गरेका हुन् । इजरायलमा हाल हमासद्वारा बन्धक बनाइएकाहरूको रिहाइ प्रक्रिया जारी छ ।

विज्ञापन
Advertisement
Advertisement

ट्रम्पको आगमनको पूर्वसन्ध्यामा, एक ड्रोनले तेल अविभको समुद्री किनारमा ट्रम्पको स्यालुट र ‘थ्यांक यू’ लेखिएको दृश्य देखाएको थियो । उनको स्वागतमा जनताले पोस्टरहरू पनि उठाएका थिए । रेडक्रसका अनुसाार २० जीवित बन्धकमध्ये पहिलो चरणमा सात जनालाई रेड क्रसले उत्तरी गाजामा इजरायली सेनालाई सुपुर्द गरेका छन।
‘रेडक्रसका अनुसार सात जना इजरायली बन्धकलाई आफ्नो हिरासतमा लिइसकेको छ र तिनीहरूलाई गाजा पट्टीबाट आइडिएफ र आइएसए सेनाको जिम्मामा ल्याइँदैछ’, इजरायली सेना र सुरक्षा सेवाले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, ‘आइडिएफ थप बन्धकहरू प्राप्त गर्न तयार छ, जसलाई पछि रेडक्रसको माध्यमबाट स्थानान्तरण गरिने अपेक्षा गरिएको छ ।’

टाइम्स अफ इजरायलका अनुसार, बन्धकहरूको रिहाइको खबर सुन्दै होस्टेज स्क्वायरमा भिडले ठूलो खुशीयाली मनाएको थियो ।

रिहा भएका सात बन्धकमा गाली र जिभ बर्मन, मातान एंग्रेस्ट, अलोन ओहल, ओम्री मिरान, ईतान मोर र गाइ गिल्बोआ–डलल समावेश छन् । सोमबार बिहान, हामासले दुई वर्षको कैदपछि २० जीवित बन्धकको समूह रिहा गर्न तयारी गर्दा इजरायलभर जनताहरु सडक, सार्वजनिक स्क्वायर र सैनिक बेसहरूमा जम्मा भएका थिए । तेल अविभको होस्टेज स्क्वायर र गाजा सीमावर्ती दक्षिण इजरायलमा सयौं मानिसहरू झण्डा बोकेर र बन्धकहरूको फोटोसहित उपस्थित भएका थिए ।

रिहा हुने बन्धकहरूलाई स्ट्रिपबाट रिइम नजिकको सैनिक सुविधामा लगेर प्रारम्भिक शारीरिक तथा मानसिक जाँच गरिने र परिवारसँग भेट गराइनेछ । इजरायली प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनकी पत्नी साराले लेखेको व्यक्तिगत सन्देश सार्वजनिक गरेको छ ।

बन्धकहरूको रिहाइको सम्झौताअनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार, इजरायलले करिब २,००० प्यालेस्टिनियन बन्दीहरू रिहा गर्नेछ र गाजामा ‘पूर्ण सहायता’तुरुन्त उपलब्ध गराउने व्यवस्था गर्नेछ, जहाँ केही क्षेत्रहरूमा खाद्यान्न अभाव र भोकमरीको समस्या देखिएको छ ।

ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई गाजाबाट बन्धकहरूको रिहाइमा महत्त्वपूर्ण भूमिका खेलेको र युद्ध अन्त्यका प्रयासमा योगदान पुर्‍याएको भन्दै देशको सर्वोच्च नागरिक सम्मान ‘इजरायली प्रेसिडेन्सियल मेडल अफ अनर’ प्रदान गर्ने घोषणा गरेका छन् ।

राष्ट्रपति हर्जोगले सोमबार आफ्नो कार्यालयमार्फत जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘आफ्नो अथक र निष्ठापूर्ण प्रयासद्वारा राष्ट्रपति ट्रम्पले हाम्रा प्रियजनहरूलाई घर फर्काउन मात्र सहयोग गर्नुभएन, उहाँले सुरक्षा, सहकार्य र शान्तिपूर्ण भविष्यमा आधारित नयाँ मध्यपूर्वको युगको जग समेत बसाल्नुभएको छ ।’

हर्जोगका अनुसार यो पुरस्कार ‘आगामी महिनाहरूमा’ प्रदान गरिनेछ । अमेरिकी राष्ट्रपति ट्रम्पको हालैको इजरायल भ्रमणका क्रममा हर्जोगले उनलाई यसबारे औपचारिक रूपमा जानकारी गराइसकेका थिए । यसैबीच इजरायल भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले बन्धक परिवारका सदस्यहरूसँग भेटवार्ता गर्ने र इजरायली संसद् (नेसेट) लाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ । राष्ट्रपति हर्जोगले भनेका छन्, ‘यो सम्मान ती महान् व्यक्तित्वहरूलाई प्रदान गरिन्छ जसले इजरायल राज्य वा सम्पूर्ण मानव जातिको हितका लागि असाधारण योगदान पु¥याएका हुन्छन् ।’

यसअघि सन् २०१३ मा इजरायलले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पनि यही पुरस्कार प्रदान गरेको थियो । (एएनआई  /एएफपी

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit