Advertisement
Advertisement
Corporate Samachar
२३ श्रावण २०८३, शनिबार
Advertisement
Advertisement

पछिल्लो तीन महिनामा विदेशमा बस्ने नेपालीले पठाए पाँच खर्ब ५३ अर्ब बढी रेमिट्यान्स

पछिल्लो तीन महिनामा विदेशमा बस्ने नेपालीले पठाए पाँच खर्ब ५३ अर्ब बढी रेमिट्यान्स
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बाहिरबाट नेपाल भित्रिने रेमिट्यान्समा ३५.४ प्रतिशतले वृद्धि भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय विवरण अनुसार ०८२ साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रिने रेमिट्यान्स ११.९ प्रतिशतले बढेको थियो ।

०८२ असोज महिनामा मात्र दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा एक खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो । यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर).६१० अर्ब ६१ करोड रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४४३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit