Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बज्र समूहद्वारा नयाँ एलभिनेङ्ग विद्युतीय स्कुटर मोडल सार्वजनिक

बज्र समूहद्वारा नयाँ एलभिनेङ्ग विद्युतीय स्कुटर मोडल सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडाैं । बज्र समूहअन्तर्गत सञ्चालनमा रहेको ईभी नेपाल मोटर्स प्रालि ले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्दै एलभिनेङ्ग ब्रान्डका नयाँ विद्युतीय स्कुटर मोडलहरू सार्वजनिक गरेको छ। सन् १९९१ देखि विभिन्न व्यावसायिक क्षेत्रमा सक्रिय बज्र समूहले विगत तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा विश्वासिलो व्यावसायिक पहिचान निर्माण गर्दै आएको छ।

विज्ञापन
Advertisement
Advertisement

बज्र समूहअन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिको मुख्य प्रदर्शनी कक्ष (शोरुम) नारायणचौर, नक्सालमा अवस्थित छ। कम्पनीले देशका विभिन्न प्रमुख शहरहरूमा एलभिनेङ्ग ब्रान्डका आधुनिक तथा वातावरणमैत्री विद्युतीय सवारी साधनहरू उपलब्ध गराउँदै आएको जनाएको छ।

कम्पनीले एलभिनेङ्ग ब्रान्डका नयाँ विद्युतीय स्कुटर मोडल X1, X2, NCS र T05 लाई यही माघ १६ गते सार्वजनिक गरेकाे हाे ।सार्वजनिक मार्टसमा एलभिनेङ्ग ब्राण्डहरूमा टप फाइभ १ लाख ४९ हजार, एक्स -२ १ लाख ६९ हजार, एक्स १ एक लाख ८९ हजार, एनसीएस उच्च भेरिएन्ट २ लाख ३५ हजारसम्म ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले कम्पनीले सीमित अवधिका लागि विशेष अफर पनि ल्याएको छ।

यसअन्तर्गत, मात्र ९९९ मा बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ भने बुकिङ गर्ने ग्राहकहरूले रु. ९ हजार ९ सय ९९ सम्मको विशेष छुट प्राप्त गर्नेछन्।

बिक्रीपछिको सेवालाई उच्च प्राथमिकता दिँदै इभी नेपाल माेटर्स प्रालीले ललितपुरको धोबिघाट क्षेत्रमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

उक्त सर्भिस सेन्टरमार्फत विद्युतीय सवारी साधनहरूको नियमित मर्मतसम्भार, सर्भिसिङ तथा स्पेयर पार्ट्स किफायती मूल्यमा उपलब्ध गराइँदै आएको कम्पनीले जनाएको छ।

कम सञ्चालन खर्च, वातावरणमैत्री प्रविधि, आकर्षक डिजाइन तथा उत्कृष्ट परफर्मेन्सका कारण यी स्कुटरहरू नेपाली उपभोक्ताका लागि उपयुक्त विकल्प बन्ने कम्पनीको विश्वास छ। ग्राहकहरूले स्कुटर क्यास, फाइनान्स तथा एक्सचेन्ज सुविधा मार्फत खरिद गर्न सक्ने व्यवस्था समेत गरिएको छ।

इभी नेपाल माेटर्स प्रालिले नेपालभर विद्युतीय सवारी साधनको पहुँच विस्तार गर्दै स्वच्छ, सुरक्षित तथा किफायती यातायात प्रणाली विकासमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, आगामी दिनहरूमा कम्पनीले आफ्नो बिक्री तथा सेवा सञ्जाल थप विस्तार गर्ने योजना पनि अघि सारेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit