images images images
images images images
images
images
images

ओमोडा एन्ड जेइकोद्वारा ‘ओ युनिभर्स’ अवधारणा सार्वजनिक, प्रविधि र जीवनशैलीको नयाँ युगतर्फ अग्रसरता

images

काठमाडौं ।यही वैशाख १२ गते, शुक्रबार अर्थात अप्रिल २५ मा, ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलर र मिडिया प्रतिनिधिहरूलाई लक्षित गर्दै आफ्नो नवीनतम अवधारणा ‘ओ-युनिभर्स’ सार्वजनिक गर्ने भएको छ। अत्याधुनिक प्रविधि र जीवनशैली अनुभवलाई समेट्ने यो कार्यक्रमले सहभागीहरूलाई दुई फरक संसार – ओमोडाको ‘ओ-ल्याब’ र जेइकोको ‘जे-ल्यान्ड’ – को अनुभव गराउनेछ।

‘ओ-ल्याब’मार्फत भविष्यको प्रविधिमा आधारित सहरको झल्को दिइनेछ। सहभागीहरूले एलइडि स्क्रिनको चकमक बीच रोबोट, रोबोटिक कुकुर, ड्रोन, र अन्तर्क्रियात्मक प्रविधिहरू समेटिएको एक अद्वितीय वातावरणको अनुभव गर्न पाउनेछन्। सन् २०५० को सम्भावित प्रविधियुक्त जीवनशैली देखाउने उद्देश्यले तयार गरिएको यो प्रदर्शनीमा ओमोडाको पहिलो हाइब्रिड मोडल ‘सी-सेभेन एसएचएस’ र पूर्ण विद्युतीय गाडी ‘इ-फाइभ’ पनि प्रस्तुत गरिनेछ। साथै ‘सी-थ्री साइबर मेका आर्ट ग्यालरी’ अन्तर्गत ‘इन्टेलिजेन्ट लाइट इन्स्टलेसन’ र कला-प्रविधिको समिश्रणले ‘जेनेरेसन जेड’लाई लक्षित नवीन सोच र कल्पनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

images
images

त्यसैगरी, जेइकोले प्रस्तुत गर्ने ‘जे-ल्यान्ड’ले अफ(रोड जीवनशैलीको संसारमा सहभागीहरूलाई डुबाउनेछ। हरियाली घाँस, चट्टान, वनजङ्गलजस्ता वास्तविक वातावरण सिर्जना गर्दै, पूर्ण विद्युतीय एसयूभी ‘जे-फाइभ बिइभि’ को साथ साथै ‘जे-सेभेन एसएचएस’ र ‘जे-एट एसएचएस’ मोडलहरूको प्रदर्शनी गरिनेछ। ती गाडीहरू एक विशेष अफ(रोड ‘रक्की प्लाटफर्म’मा प्रदर्शन गरिनेछ, जसले कठोर भू–भागमा समेत चल्ने क्षमताको अनुभव गराउनेछ।

 

‘इको-सो’ नाम दिइएको यो अन्तरक्रियात्मक कार्यक्रमको विशेष हिस्सा भनेको ‘लाइट क्याम्पिङ’ टेस्ट ड्राइभ हुनेछ, जसमा सहभागी अन्तर्राष्ट्रिय सञ्चारकर्मीहरूलाई सहरी क्षेत्रबाट जङ्गलतर्फको यात्रामा लैजाने गरिनेछ। यसले न केवल गाडीको कार्यक्षमता परीक्षण गराउनेछ, तर बाहिरी जीवनशैली र रोमाञ्चक यात्राको स्वादसमेत दिनेछ।

नेपालमा ओमोडा एन्ड जेइकोका आधिकारिक वितरकको रूपमा एसपीजी अटोमोबाइल्स प्रा।लि। ले यस कार्यक्रमको प्रतिनिधित्व गर्दैछ। ‘फ्युचर फेसन × डेलिकेट अफ(रोड’ को परिकल्पनासहित सार्वजनिक हुन लागेको ‘ओ-युनिभर्स’ अवधारणाले ओमोडा एन्ड जेइकोको नवप्रवर्तनशील सोच र भविष्यद्रष्टा दृष्टिकोणलाई उजागर गर्दै विश्वभरका सहभागीहरूलाई भविष्यको जीवनशैली साक्षात्कार गराउनेछ।

images
images

प्रतिक्रिया दिनुहोस्