Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबार

भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबार
विज्ञापन
Advertisement

भक्तपुर। नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना भएको १० औं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’सोमबार राति सम्पन्न भएको छ । महोत्सवमा करिब लाखको व्यापार भएको जनाइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

औद्योगिक शान्ति नेपाल संस्थाले गत चैत २६ गतेदेखि सञ्चालन गरेको १२ दिने महोत्सवमा एक लाख ३० हजारभन्दा बढी दर्शक तथा उपभोक्ताले अवलोकन गरेका बताउँदै करिब ८० लाखभन्दा बढीको व्यापार गरी महोत्सव सम्पन्न भएकोे संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।

महोत्सवमा एकै छानामुनि दैनिक उपभोग्य सामग्री र विभिन्न सामान पाउने भएपछि १८० वटा स्टल ९ कक्ष मा दैनिक उपभोक्ताको घुइँचो लागेको थियो भने दैनिक राष्ट्रिय कलाकारबाट हुने सांस्कृतिक कार्यक्रमले राति ९ः०० बजेसम्म हजार औं दर्शकको अवलोकनका लागि घुइँचो लाग्ने गरेको थियो ।

स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्रान्डका विभिन्न सामान एकैथलोमा सुपथ मूल्यमा उपलब्ध गराउने, भक्तपरको कला, संस्कृति, उत्पादन र सांस्कृतिक परम्परालाई एकै थलोमा प्रदर्शन गर्दै प्रचार गर्ने उद्देश्यले नयाँ वर्षको अवसरमा महोत्सवको आयोजना गरेको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिए।

महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, औद्योगिक उत्पादन, काष्ठकला, माटाका भाँडा, स्थानीय घरेलु उत्पादन, सूचना तथा विज्ञान प्रबिधि, अटोमोबाइल, विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी तथा बिक्री लागि राखिएको उनले जानकारी दिए ।

महोत्सवमा मुख्य आकर्षणको रुपमा राखिएको ‘लन्डन ब्रिज’ मा फोटो तथा भिडियो खिच्ने भीड देखिन्थ्यो भने बालबालिकादेखि यवायुवतीसम्म बाल उद्यान, रोटेपिङ, ड्रागन ट्रेन, नाउ तथा बच्चाका विभिन्न प्रकारको खेलौना र विभिन्न प्रकारका खानामा उपभोक्ताको त्यत्तिकै भीड देखिन्थ्यो ।

चर्चित गायक गायिकाको दैनिक सांस्कृतिक उत्सव महोत्सवमा दैनिक रूपमा चर्चित गायकगायिकाले यहाँको साङ्गीतिक माहौललाई उत्साहमा परिणत गरेका छन् । राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको गीतसङ्गीतले महोत्सवमा युवापुस्ताको भीड उत्तिकै बढेको थियो ।

महोत्सवमा भक्तपुर वाइल्ड फायर नाइट नाम दिएर चर्चित गायक प्रमोद खरेल एन्ड परम्परा ब्याण्ड र दुर्गेश थापाको संयक्त प्रस्तुतिदेखि दैनिक हुने सांस्कृतिक कार्यक्रममा चर्चित गायक रामकृष्ण ढकाल, लोकगायक नवराज घोरासैनी, चर्चित गायिका रचना रिमाल, एलिना चौहान, मञ्जु पौडेल, रोज मोक्तान, मदन विष्ट, रमेश मेलोडी, जङ्की रोयल्स ब्यन्ड, भोजराज काफ्ले, गड एक्स, मीना गिरी, प्रिती पासवान, उर्गेन डोङ, सोनु कुस्मी, कपिल कसपाल, जोकर, राजेन्द्र गुन्द्रुकेलगायतको प्रस्तुति र नृत्य प्रतियोगिताले महोत्सवको रौन थपेको थियो । महोत्सवको सोमबार सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले समापन गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit