images
images
images

गोल्छा ग्रुपद्वारा ट्राफिक कार्यालय बग्गीखाना लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण

images
images
images

 काठमाडाैं । गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय (बग्गीखाना) लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ ।

आज मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय बग्गी खानाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले २० थान मोटरसाइकल हस्तान्तरण गरेको हो ।

images
images

देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत बग्गीखानालाई मोटरसाइकल वितरण गरेको गोल्छा ग्रुपले जनाएको छ ।

बजाज मोटरसाइकल हस्तान्तरण गर्दै गोल्छा ग्रुपका अध्यक्ष एवम् प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘अहिलेको समय हाम्रो व्यवसायमा के भएको छ, हाम्रो घरमा के भएको छ त्यो हेर्ने होइन, राज्य बाँच्ने हो भने मात्र हामी बाँच्छौं । राज्यविहीनताको अवस्थामा कोही पनि सुरक्षित हुन सक्दैन ।’

राज्यलाई थप बलियो बनाउन सबै एकजुट हुनैपर्ने उनको भनाइ छ । ‘अहिलेको समय प्रसव पीडाजस्तै हो, यो परिवर्तनले नयाँ पुस्ताले देखेको सपना साँच्चिकै पूरा हुने विश्वास लिएको छु,’ उनले भने । सबैका लागि कठिन समय भएको बताउँदै अध्यक्ष गोल्छाले अहिले निराश हुनुपर्ने छुट कसैलाई नभएको धारणा व्यक्त गरे ।

देशको विषम परिस्थितिमा आ–आफ्नो ठाउँबाट सहयोग गर्दा मात्र समस्या समाधान हुनसक्ने विश्वास उनको छ ।गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक कार्यालय मातहतका भवन र मोटरसाइकलहरुमा समेत क्षति पुगेको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्