Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन कुनै सम्झौता हुँदैन् :  मन्त्री सिन्हा

तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन कुनै सम्झौता हुँदैन् :  मन्त्री सिन्हा
विज्ञापन
Advertisement

काठमाडौं । नवनिर्वाचित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनील कुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले मन्त्रालयको पहिलो प्राथमिकता नै तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको भन्दै त्यसमा कुनै सम्झौता नहुने बताए । कानुनी विषयमा केही संशोधन गर्नुपर्ने अवस्था रहेको र केही अन्य तयारीका लागि आवश्यक पर्ने कानुनहरुलाई परिमार्जन गर्नुपर्ने भएकाले अध्यादेशमार्फत भएपनि चुनाव सम्पन्न गर्नको लागि त्यस्ता कानुनहरुलाई परिवर्तन गर्ने उनको भनाइ छ ।

उनले भने,‘कानुन निर्माणको सन्दर्भमा पहिलो प्राथमिकता भनेको चुनावी सरकार नै हो । चुनाव सम्पन्न गर्ने प्रतिबद्धता छ । तोकिएको समयमा नै सम्पन्न गर्नुपर्ने त्यसमा कुनै सम्झौता हुँदैन् ।’ मन्त्री सिन्हाले भने, ‘ यसमा केही कानुनी विषयहरु छन् । ती कानुनी विषयमा केही संशोधन गर्नुपर्ने अवस्था छ । केही अन्य तयारीका विषयमा आवश्यक पर्ने कानुनहरुलाई परिमार्जन गर्नुपर्ने भएको हुनाले अध्यादेशमार्फत भएपनि चुनाव सम्पन्न गर्नको लागि त्यस्ता कानुनहरुलाई परिवर्तन गर्नको लागि आएको छु ।’

उनले यसअघि उद्योग वाणिज्य आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit