images images images
images images images
images
images
images

शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हट्यो

images

काठमाडाैं । शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाइएको छ ।

नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशन, २०८१ मा संशोधन गरी २५ करोडको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको हो ।

images
images

शेयर लगानीकर्ताहरूले लामो समयदेखि सीमा हटाउन माग गर्दै आएका थिए । पुँजी बजार सुधारका लागि बनेको कार्यदलले पनि यो सीमा हटाउन सुझाव दिएको थियो । जस अनुसार राष्ट्र बैङ्कले शेयर धितो कर्जाको सीमा हटाएको हो ।

यसअघि कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड रुपैयाँ कायम थियो ।

 

images
images

प्रतिक्रिया दिनुहोस्