Advertisement
Advertisement
Corporate Samachar
२७ भाद्र २०८३, शनिबार
Advertisement

चालु आवमा आर्थिक वृद्धिदरमा सकारात्मक सुधार आउने

चालु आवमा आर्थिक वृद्धिदरमा सकारात्मक सुधार आउने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदरमा केही सकारात्मक सुधार हुने जनाएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गत आवको ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ अनुसार अघिल्लो वर्षको तुलनामा देशमा आर्थिक क्रियाकलाप वृद्धि भएको तथा मुद्रास्फीतिको चाप पनि कम रहेकोले चालु आवमा आर्थिक वृद्धिदरमा सुधार आउने छ ।

विज्ञापन
Advertisement
Advertisement

विगत केही वर्षदेखि संकुचनमा रहेको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्र विस्तार हुँदै गएको, कर्जा तथा निक्षेपको ब्याजदर घट्दो अवस्थामा रहेका कारण पनि चालु आवमा आर्थिक वृद्धि औसतभन्दा बढी हुने अपेक्षा गरिएको प्रतिवेदनमा भनिएको छ ।

‘कर्जा तथा निक्षेपको ब्याजदर घट्दो अवस्थामा रहेको, जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको, बाह्य पर्यटकको आगमनमा वृद्धि सँगसँगै निर्यात र विप्रेषण आप्रवाहमा पनि वृद्धि भएको र विगत केही वर्षदेखि सङ्कुचनमा रहेको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्र राष्ट्र बैंकले गरेको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएको हुँदा आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिन्छ’ प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, अर्थतन्त्रमा पर्याप्त तरलता रहेको, साना र तयारी नपुगेका आयोजनामा बजेट स्थगन गर्दै परियोजना प्राथमिकीकरण गरिएकोले अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढ्ने अनुमान राष्ट्र बैंकको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गत आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४ दशमलव ६ प्रतिशत र प्रचलित मूल्यमा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको छ।

गत आवमा देशको कूल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै रहेको छ। केन्द्रीय बैंकका अनुसार २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमा बागमती प्रदेशबाट परिचालन गरिएको निक्षेपको अंश सबैभन्दा धेरै ६५ दशमलव आठ प्रतिशत र कुल कर्जा प्रवाहमा ५९ दशमलव पाँच प्रतिशत हिस्सा रहेको छ ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले कुल ७२ खर्ब ९५ अर्ब ६९ लाख ३० हजार रुपैयाँ बराबर निक्षेप सङ्कलन गर्दा बागमती प्रदेशबाट मात्र ४७ खर्ब ९७ अर्ब ५९ करोड ८७ लाख बराबर निक्षेप उठेको छ । यस्तै, कोशीबाट पाँच खर्ब ५३ अर्ब तीन करोड ७९ लाख रुपैयाँ संकलन
भएको केन्द्रीय बैंकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit