images images images
images images images
images
images
images

उत्कृष्ट निर्यातकर्ताको रूपमा म्याजिक फुटवेयर सम्मानित : १४८ करोड निर्यात, अब २ अर्ब लक्ष्य

images

काठमाडौं । नेपाली फुटवेयर उद्योगमा नयाँ उचाइ हासिल गर्दै म्याजिक फुटवेयर देशको अग्रणी निर्यातकर्ता कम्पनीका रूपमा उदाएको छ। निर्यात व्यवसायी महासंघ नेपालले कम्पनीलाई आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट निर्यातकर्ताको रूपमा “ Letter of Excellence” प्रदान गरेको छ।

कम्पनीले सो आर्थिक वर्षमा १४८ करोड रुपैयाँ बराबरको फुटवेयर निर्यात गर्दै फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका सदस्यहरूमध्ये पहिलो स्थान हासिल गरेको हो।

images
images

विगतमा नेपालमा फुटवेयर निर्यातमा गोल्डस्टार जुत्ताले वार्षिक करिब १०० करोड रुपैयाँसम्म निर्यात गर्दै अग्रस्थान ओगटेको थियो। तर भारतमा बढ्दो प्रतिस्पर्धाका कारण हाल गोल्डस्टारको निर्यात घटेर करिब ५० करोडको हाराहारीमा सीमित भएको उद्योग स्रोत बताउँछन्।

यस्तो परिस्थितिमा केही वर्षयता बजारमा प्रवेश गरेको म्याजिक फुटवेयरले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको हो।

कम्पनीका निर्देशक राजेश बगडियाका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब रुपैयाँभन्दा बढीको निर्यात गर्ने लक्ष्य राखिएको छ। ‘हामी निरन्तर विस्तारको योजनामा छौं, उत्पादन क्षमता र बजार दुवै बढाउँदै लगेका छौं,’ उनले बताए।

फुटवेयर उद्योगलाई उच्च रोजगारी सिर्जना गर्ने क्षेत्रका रूपमा लिइन्छ। म्याजिक फुटवेयरले हाल करिब १७०० जनालाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ।

निर्यात विस्तारका क्रममा चुनौतीहरू पनि रहेका छन्। कम्पनीका अनुसार न्यून मुनाफाका बाबजुद सरकारले उपलब्ध गराउँदै आएको ४\५ प्रतिशत निर्यात अनुदानको अपेक्षामा ठूलो लगानी गरिएको थियो। तर पछिल्लो समय उक्त अनुदान अचानक बन्द भएपछि उद्योगमा दबाब बढेको छ।

उद्योगीहरूका अनुसार निर्यात प्रवर्द्धनका लागि स्थिर र दीर्घकालीन नीतिको आवश्यकता रहेको छ। अन्यथा, उदीयमान निर्यातमुखी उद्योगहरू प्रभावित हुने जोखिम रहने उनीहरूको भनाइ छ।

नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा विस्तार हुँदै गएको अवस्थामा म्याजिक फुटवेयरको सफलता उद्योगका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्