images images
images images
images
images
images

युवालाई विदेश पलायन हुनबाट रोक्न गुणस्तरीय शिक्षा दिनुपर्छ : राष्ट्रपति पौडेल

images

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासको प्रमुख आधार रहेको बताएका छन्। उनले विकासको मेरुदण्डका रूपमा रहेका युवाहरू विदेश पलायन हुनबाट रोक्न गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए ।

आज मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्तीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा बिना विकास सम्भव नहुने भएकाले शिक्षा अनिवार्य आवश्यकता भएको बताए।

images

राष्ट्रपति पौडेलले शिक्षालाई प्राविधिक, गुणस्तरीय र व्यवस्थित गर्दै समयअनुसार अघि बढ्नु अहिलेको आवश्यकता रहेको भन्दै यसमा सबैले समन्वय गर्नुपर्नेमा जोड दिए। राष्ट्रपति पौडेलले आफू २०४८ सालदेखि निष्ठाको राजनीतिमा लागेको बताए । उनले भने, “गाउँगाउँमा बाटो, बिजुली, शिक्षा, सञ्चारलगायत पूर्वाधार पुगेको छ, ग्रामीण विकासको लहर आएको छ। विकासको मेरुदण्डका रूपमा रहेका युवाहरू विदेश पलायन हुनबाट रोक्न गुणस्तरीय शिक्षा दिनुपर्छ। स्वदेशमा रोजगारीका अवसर सृजना गर्नुपर्छ।”

राष्ट्र भन्नु नै जनता रहेको र जनता यसरी बाहिरिरहे मुलुक उजार अवस्थामा पुग्ने जनाउँदै राष्ट्रपति पौडेलले युवालाई स्वदेशमा रोक्न रोजगारी आवश्यक रहेको धारणा राखे। ठूलो त्याग र बलिदान गरेर ल्याएको सङ्घीय लोकतन्त्र गणतन्त्र शासन प्रणालीको जगमा राष्ट्रको सांस्कृतिक, सामाजिक, आर्थिक विकास हुने उनको भनाइ छ। अस्थिर राजनीतिले देश विकासमा बाधा पुग्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले राजनीतिक दलहरू एकजुट भएर आपसी सहकार्य र समन्वयबाट मुलुकको विकास गर्ने बेला आएको बताए।

सबै एकजुट भएर सुशासन कायम गर्दै देश विकासका लागि भ्रष्टाचार, विकृति, विसङ्गति हटाउन जरुरी रहेकामा उनले जोड दिए।

images
images

प्रतिक्रिया दिनुहोस्