Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

माछापुछ्रे बैंक लिमिटेडमा स्वतन्त्र सञ्चालक अर्जुन कुमार गौतम को जिम्मेवारी औपचारिक रूपमा प्रारम्भ

माछापुछ्रे बैंक लिमिटेडमा स्वतन्त्र सञ्चालक अर्जुन कुमार गौतम को जिम्मेवारी औपचारिक रूपमा प्रारम्भ
विज्ञापन
Advertisement

काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडका नवनियुक्त स्वतन्त्र सञ्चालक अर्जुन कुमार गौतमले बैंकको सञ्चालक समितिका अध्यक्षसमक्ष सपथ ग्रहण गर्दै आफ्नो कार्यकाल औपचारिक रूपमा प्रारम्भ गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सञ्चालक समितिका अध्यक्षले नवनियुक्त स्वतन्त्र सञ्चालकलाई पद तथा गोपनीयताको सपथ गरेका हुन् । सपथ ग्रहणसँगै उनले बैंकको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालकका रूपमा आफ्नो जिम्मेवारी सम्हालेका छन्।

स्वतन्त्र सञ्चालकका रूपमा उनी बैंकको सुशासन, पारदर्शिता र नीतिगत निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ। साथै, बैंकको दीर्घकालीन रणनीति निर्माण, जोखिम व्यवस्थापन तथा संस्थागत सुधारका विषयमा पनि उनले योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

बैंकले हाल देशभर आफ्नो शाखा सञ्जाल विस्तार गर्दै वित्तीय सेवा प्रवाह गरिरहेको छ। नयाँ स्वतन्त्र सञ्चालकको नियुक्तिले संस्थागत सुदृढीकरण तथा सुशासन अभिवृद्धिमा थप टेवा पुग्ने विश्वास बैंक व्यवस्थापनले व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit