Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

बर्दघाट लगानी फोरम सम्पन्न, ‘एसएमइ भिलेज’ समुन्नत नवलपरासीको आधार बन्ने विश्वास

बर्दघाट लगानी फोरम सम्पन्न, ‘एसएमइ भिलेज’ समुन्नत नवलपरासीको आधार बन्ने विश्वास
विज्ञापन
Advertisement

काठमाडौं । बर्दघाटमा आयोजित लगानी फोरममा सहभागी उद्योगी–व्यवसायीहरूले बर्दघाट एसएमइ भिलेज समुन्नत नवलपरासी निर्माणको आधार बन्ने विश्वास व्यक्त गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा सम्पन्न अन्तरक्रियामा लगानीकर्ताहरूले साना तथा मझौला उद्योग (एसएमइ) प्रवद्र्धनमार्फत स्थानीय अर्थतन्त्र मजबुत बनाउन सकिने धारणा राखेका हुन् ।

परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले बर्दघाट एसएमइ भिलेजलाई मोडल ग्रामका रूपमा पाइलट परियोजनाबाट अघि बढाउनुपर्ने बताए । उद्योग स्थापना गर्दा कुल लगानीको करिब एक तिहाइ जग्गामा खर्चिनुपर्ने बाध्यता रहेकाले औद्योगिक ग्रामको अवधारणा अपरिहार्य भएको उनले उल्लेख गरे ।

नवलपरासीमा ठूला उद्योग स्थापना भइसकेको, सडक तथा अन्य पूर्वाधार विकास भइसकेकाले साना तथा मझौला उद्योग विस्तारको सम्भावना उच्च रहेको उनको भनाइ थियो ।

नेपाल सरकारका पूर्वसचिव अर्जुन पोखरेल ले ‘एक पालिका, एक औद्योगिक ग्राम’ अवधारणाअनुसार बर्दघाट एसएमइ भिलेज अघि बढाइएको जानकारी दिए । निजी क्षेत्रको सहकार्यबिना औद्योगिक ग्राम सफल हुन नसक्ने उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ का निवर्तमान अध्यक्ष शेखर गोल्छाले उद्योग ग्रामले औद्योगिकीकरणलाई गति दिने विश्वास व्यक्त गरे । रोजगारी अभावका कारण युवाहरू विदेश पलायन भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले निजी क्षेत्रले नै रोजगारी सिर्जना गर्ने भएकाले उद्योग स्थापना अनिवार्य रहेको बताए ।

परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले कुल ग्राहस्थ उत्पादन ९जीडीपी० मा उत्पादनमूलक उद्योगको योगदान घटेर ५ प्रतिशतमा सीमित भएको उल्लेख गर्दै उद्योगको योगदान बढाउन विशेष नीति आवश्यक रहेको बताए ।

बंगलादेश र भारतमा औद्योगिक पार्क सफल रूपमा सञ्चालन भइरहेको उदाहरण दिँदै उनले नेपालमा पनि त्यस्तै सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखे । परिसंघका उपाध्यक्ष रोहित गुप्ताले बर्दघाटमा कजरिया टायल उद्योग स्थापना गर्न स्थानीय सहयोग महत्वपूर्ण भएको बताए ।

ठूला उद्योगसँगै साना उद्योग विकास गर्न सकिए मूल्य अभिवृद्धि र लागत न्यूनीकरणमा सहयोग पुग्ने उनले बताए । कार्यक्रममा बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, उद्योग व्यापार संघ बर्दघाटका उपाध्यक्ष लिलाहरी पौडेल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली लगायतले बर्दघाटको भौगोलिक पहुँच, विद्युत, यातायात सञ्जाल, वित्तीय संस्थाको उपलब्धता तथा कृषि, पर्यटन, लजिस्टिक्स र हरित उद्योगका सम्भावनाबारे धारणा राखेका थिए ।

कार्यक्रममा सयभन्दा बढी उद्योगी–व्यवसायीको सहभागिता रहेको थियो । सहभागीहरूले बर्दघाट एसएमइ भिलेज सफल बने नवलपरासी औद्योगिक हबका रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit