Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

फागुन १८ देखि महिन्द्रा केयर फेस्ट हुँदै, स्पेयर पार्टसहरुमा ५० प्रतिशत सम्म छुट

फागुन १८ देखि महिन्द्रा केयर फेस्ट हुँदै, स्पेयर पार्टसहरुमा ५० प्रतिशत सम्म छुट
विज्ञापन
Advertisement

काठमाडौं ।  महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्क्सले यही फागुन १८ गतेदेखि २३ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

महिन्द्रा गाडीको ४५–पोईन्ट चेकपअ निशुल्क गरिने कम्पनीले जनाएको छ । यस्तै क्याम्पमा लेबर चार्ज, वाशिङ तथा फ्रि हेल्थ चेकअपको अवसर दिइएको छ । म्याक्सिमाईल लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसहरुमा ५० प्रतिशत सम्म छुट, १० प्रतिशत विस्तारित छुट कुपनका साथै अन्य उपहारहरुको समेत व्यवस्था गरिएको अटो वक्र्सले जनाएको छ ।

नेपालभर रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरबाट ग्राहकवर्गले केयर फेस्टमा सहभागी हुन सक्ने जनाइएको छ । महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको छ । केयर फेस्टमा अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लेख्य सहभागिता जनाउने अपेक्षा कम्पनीको छ ।

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालीले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने सुबिधा दिने भएको छ । साथै, महिन्द्राका सर्टिफाइड रिकन्डिसन गाडी खरिद गर्दा आकर्षक अफर समेत पाइनेछ । यो सेवा काठमाडौं, भैरहवा, इटहरी, पोखरा र चितवनमा उपलब्ध हुने कम्पनीको भनाई छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit