Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चिउरामा ‘कुरुम कुरुम’ ब्राण्ड लेख्ने अधिकार हाई लाइफलाई, उद्योग विभागको फैसला।

चिउरामा ‘कुरुम कुरुम’ ब्राण्ड लेख्ने अधिकार हाई लाइफलाई, उद्योग विभागको फैसला।
विज्ञापन
Advertisement

काठमाडौँ । चिउरामा कुरुम कुरुम ब्राण्ड लेख्ने अधिकार हाई लाइफले पाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उद्योग विभागले हाई लाइफ–सिक्सभिल्ला ट्रेडमार्क विवादमा कुरुम कुरुम ब्राण्डको अधिकार हाई लाइफको भएको निर्णय गरेको हो ।

हाई लाइफ उत्पादन गर्ने  नेपाल एभरेस्ट फुड एण्ड स्न्याक्स प्रा.लि र सिक्सभिल्ला प्रा.लि बिच लामो समयदेखि चलिरहेको व्यापारिक चिन्ह सम्बन्धी विवादमा उद्योग विभागले अन्तिम निर्णय सुनाउँदै सिक्सभिल्ला प्रा.लिको दर्ता बदर गरेको हो ।

विभागले दुवै पक्षका प्रमाण, तर्क र सर्वोच्च अदालतका नजिरहरूको अध्ययनपछि यस्तो चिउरामा कुरुम कुरुमको ब्राण्डको अधिकार हाइलाइफकाृ भएको सुनाएको हो ।

विवादको मूल विषय नेपाल एभरेस्ट फुड एण्ड स्न्याक्स प्रा.लिले प्रयोग गर्दै आएको “हाई लाइफ” नामक व्यापारिक चिन्ह र त्यससँग सम्बन्धित लेबल, डिजाइन, रङ्ग संयोजन तथा समग्र प्रस्तुति रहेको थियो। उजुरकर्ताले सिक्सभिल्ला प्रा.लिले सोही चिन्हको रूप, बनावट र प्रस्तुति हुबहु नक्कल गरी आफ्नो नाममा दर्ता गराएको आरोप लगाएको थियो ।

उजुरकर्ताका अनुसार “हाई लाइफ” ब्रान्ड लामो समयदेखि बजारमा स्थापित भइसकेको, उपभोक्ताले चिन्ने र विश्वास गर्ने चिन्ह बनेको अवस्थामा सिक्सभिल्लाले मिल्दोजुल्दो संरचना प्रयोग गर्दा उपभोक्तामा भ्रम उत्पन्न हुने र आफ्नो व्यापारिक साखमा प्रत्यक्ष असर पर्ने अवस्था सिर्जना भएको उल्लेख थियो ।

उद्योग विभागले दुवै पक्षको दाबी, पेस भएका कागजात र दृश्य प्रमाणहरूको अध्ययनपछि सिक्सभिल्लाले दर्ता गराएको व्यापारिक चिन्ह “हाई लाइफ” सँग अत्यधिक मिल्दोजुल्दो रहेको निष्कर्ष निकालेको हो ।

विशेष गरी लेबलको बनावट, रङ्ग संयोजन, अक्षरको शैली, वस्तुको प्रस्तुति र समग्र बाहिरी स्वरूपमा उल्लेखनीय समानता देखिएको विभागले जनाएको छ।

“व्यापारिक चिन्हको मुख्य विशेषता नै फरक पहिचान हुनु हो। कुनै पनि चिन्हले बजारमा अलग पहिचान बनाउन नसकेमा वा पहिले नै स्थापित चिन्हसँग मिल्दोजुल्दो देखिएमा त्यसलाई वैध मान्न सकिँदैन। यस सन्दर्भमा “हाई लाइफ” पहिले नै दर्ता भई प्रयोगमा आएको र बजारमा स्थापित भएको प्रमाणित भएपछि “सिक्सभिल्ला” को दर्ता मौलिक भएको देखिएन,”उद्योग विभागको फैसलामा भनिएको छ ।

सर्वोच्च अदालतका विभिन्न नजिरहरूलाई आधार बनाउँदै उद्योग विभागले व्यापारिक चिन्हलाई औद्योगिक सम्पत्तिको रूपमा व्याख्या गरेको छ। कुनै पनि उद्यमीले सिर्जना गरेको चिन्ह, डिजाइन वा पहिचानमा उसको एकाधिकार रहने र त्यसको संरक्षण गर्नु राज्यको दायित्व हुने नजिरहरूमा उल्लेख गरिएको छ ।

यस्तै, उपभोक्तालाई झुक्याउने वा भ्रममा पार्ने उद्देश्यले मिल्दोजुल्दो चिन्ह प्रयोग गर्नु व्यापारिक मर्यादा विपरीत हुने र यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा निम्त्याउने पनि निर्णयमा लेखिएको छ ।

विभागले सिक्सभिल्ला प्राविको दर्ता उपभोक्तामा भ्रम सिर्जना गर्ने खालको भएको, मौलिकता नदेखिएको र उजुरकर्ताको स्थापित पहिचानसँग अत्यधिक समानता रहेको ठहर गर्दै उक्त व्यापारिक चिन्हको दर्ता बदर गर्ने निर्णय सुनाएको हो।

निर्णयमा थप उल्लेख गरिएको छ कि व्यापारिक चिन्ह दर्ता गर्दा केवल पहिलो निवेदन मात्र आधार नहुने, बरु चिन्हको मौलिकता, फरक पहिचान र उपभोक्तामा भ्रम नपार्ने पक्षहरू पनि समान रूपमा महत्त्वपूर्ण हुनेछन्।
उद्योग विभागले अन्तिम निर्णय सुनाउँदै सिक्सभिल्लाको दर्ता पूर्ण रूपमा खारेज गरेको छ।

यो निर्णयले नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण, मौलिक सिर्जनाको सम्मान र उपभोक्ता हितको सुरक्षा कति महत्त्वपूर्ण छ भन्ने सन्देश दिएको छ। बजारमा स्थापित चिन्हको नक्कल गरेर व्यापारिक फाइदा लिन खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै यस्तो निर्णयले स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने अपेक्षा  गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit