images images images
images images images
images
images
images

रेडपाण्डा अध्ययन र अवलोकनका लागि आउनेको सङ्ख्या बढ्दो, विदेशीमा विशेष चासो।

images

इलाम । विश्वका सीमित देशमा मात्रै पाइने रेडपाण्डा हेर्न इलामका उच्च पहाडी क्षेत्रमा पर्यटक पुग्ने क्रम बढेको छ ।

सन्दुकपुर गाउँपालिकाको दोबाटेमा अमेरिका, अस्टेलिया, न्यूजिजल्याण्ड, भारत, बङ्गलादेशका पर्यटकहरू रेडपाण्डा अध्ययनमा पुग्ने गरेका छन् ।

images
images

दोबाटेबाट नजिकै रहेको कैयाकट्टामा पनि रेडपाण्डा हेर्न आउने पर्यटकको सङ्ख्या बढ्दो छ । सिंह लिला कञ्चनजङ्घा क्षेत्रमा पर्ने इलामको उत्तरी क्षेत्र रेडपाण्डाको बासस्थान हो ।

नेपाल, भारत, भुटान, चीन र म्यानमारमा मात्रै पाइने रेडपाण्डा हेर्नकै लागी विभिन्न मुलकका पर्यटकहरू इलामका उच्च पहाडी क्षेत्रमा पुग्ने गरेका छन् ।

रेडपाण्डाको संरक्षण र पर्यटन प्रवर्द्धनमा रेडपाण्डा नेटवर्क सक्रिय रहेको छ । इलामको सूर्योदय नगरपालिका १ को थुम्के, माईजोगमाई गाउँपालिकाको आहालभञ्ज्याङ्ग, सन्दुकपुर गाउँपालिकाको टप्पु, छिन्टापु, दोबाटे, कैयाकट्टा, जौ बारी, गैरी बास र चोया टार क्षेत्रमा रेडपाण्डा पाइन्छ । यहाँ रेडपाण्डाको माध्यमबाट पर्यटन प्रवर्द्धनको काम भएपछि विदेशी पर्यटक पुग्ने गरेका छन् ।

रेडपाण्डाको बढी बसोबास भएको क्षेत्र सन्दुकपुर गाउँपालिका हो । जसका कारण रामसार क्षेत्र माई पोखरीबाट जौ बारी जोड्ने ५२ किलोमिटर लामो पदमार्गलाई गाउँपालिकाले रेडपाण्डा पदमार्ग घोषणा गरी पर्यटन प्रवर्द्धन गर्दै आएको छ ।

सन्दुकपुरमा रेडपाण्डासँगै सयौँ प्रजातिका चराहरू, ध्वाँसे चितुवा, चरिबाघ, मुनाल लगायतका वन्यन्तुहरुको अध्ययन गर्न पाइन्छ । जसका कारण तेस्रो मुलका पर्यटकहरूको आकर्षण इलामका उच्च पहाडी क्षेत्रमा बढेको हो ।

images
images

प्रतिक्रिया दिनुहोस्