images images images
images images images
images
images
images

सीएफमोटो एनके२५० ग्रान्ड एक्सचेन्ज कार्निभल शनिबार हुने

images

काठमाडौं । नेपालका लागि सीएफमोटोको अधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले १ दिने एनके २५० ग्रान्ड एक्सचेन्ज कार्निभल संचालन गर्ने भएको छ ।

शनिबार ( जेठ १७ ) को दिन आफ्नो नक्सालस्थित शोरूम प्रांगणमा कम्पनीले आफ्नो एनके२५० मोडललाई विशेष लक्षित गर्दै, ५ भन्दा बढी रिकन्डिसन हाउसहरूको प्रत्यक्ष उपास्थितिमा प्रतिस्पर्धात्मक मूल्यांकन गराउने गरी सो कार्यक्रम गर्ने बताएको छ ।

images
images

सो कार्निभलमा विभिन्न ब्रान्डका मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न आउने ग्राहकहरूलाई उक्त मोडल खरिद गर्दा बजार मूल्यांकनमा ५० हजार रुपैयाँ थप मूल्याकंन कम्पनीको तर्फबाट उपलब्ध गराइने बताइएको छ ।

फाइनान्समा खरिद गर्दा ५० प्रतिशत डाउनपमेन्ट गरी बाँकी रकम शून्य प्रतिशत ब्याजदरमा उपलब्ध गराइने, नगद खरिदमा उचित छुट प्रदान गरिनुका साथै उक्त मोडलमा ५ वर्ष सम्मको वारेन्टी उपलब्ध हुने समेत कम्पनीको भनाइ छ ।

पहिलो पटक यति धेरै अफर तथा सुविधाको साथ कम्पनीले यो कार्निभल गर्न लागेको हो । हाल सीएफमोटो ब्रान्डले पार्ट्स तथा सर्भिस समेतको फरक अनुभव लिन सक्ने गरी सहज एवम् सुपथ मूल्यमै पार्ट्स उपलब्ध गराइरहेको जानकारी गराएको छ ।

कम्पनीले उपत्यका भित्र कालोपुल, बबरमहल र सल्लाघारी स्थित आफ्नो आधिकारिक सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आएको छ । यस्तै, उपत्यका बाहिर अनुभव प्राप्त ग्यारेजहरूसँग सहकार्य गरी विर्तामोड, इटहरी, हेटौंडा, चितवन, बुटवल, नेपालगन्ज र पोखरामा समेत सेवा उपलब्ध गराउदै आएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्