images images images
images images images
images
images
images

तीन महिनामा प्राइम बैंकको नाफा १ अर्ब २५, करोड, प्रतिशेयर आम्दानी कति पुग्यो ?

images

 काठमाडाैं । चालु आर्थिक वर्षको तीन महिनामा प्राइम बैंकले १ अर्ब २५ करोड ८४ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २।२० प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब २८ करोड ६७ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब ४० करोड ७४ लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २ अर्ब ३३ करोड १८ लाख ६२ हजार रुपैयाँ रहेको थियो । यस्तै सञ्चालन नाफा १ अर्ब ८२ करोड ८३ लाख १८ हजार रुपैयाँबाट बढेर २ अर्ब ७ करोड ५८ लाख २७ कजार रुपैयाँ रहेको छ ।

images
images

बैंकको इम्पेरमेन्ट चार्ज ४१ करोड ४ लाख ५५ हजार रुपैयाँबाट बढेर ४८ करोड ९ लाख ८१ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब ४ करोड ४६ लाख ९ हजार रुपैयाँ रहेको छ । लाभांश दिने क्षमता १९.६८ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २५.९४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९।३२ रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ४.८६ प्रतिशतबाट बढेर ५.६ प्रतिशत पुगेको छ । १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ चुक्ता पु्ँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ३४ करोड ५७ लाख ६५ हजार रुपैयाँ रहेको छ । २ खर्ब ६१ अर्ब ७५ करोड ३१ लाख ३४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब १४ अर्ब ९५ करोड ६४ लाख ३५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्