images images
images images
images
images
images

साफ क्लब महिला च्याम्पियनसिपका लागि सफाचट देखियो रंगशाला (तस्बिरहरु)

images

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५ जारी छ । सोमबार भारतीय क्लब इस्ट बंगाल एफसीले साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । आज भएको पहिलो खेलमा भुटानी टिम ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीलाई ४–० ले पराजित गर्दै भारतीय क्लब इस्ट बंगाल विजयी भएको हो । मंसिर १९ (शुक्रबार) देखि सुरु भएको उक्त प्रतियोगिता पुस ५ गतेसम्म दशरथ रंगशालामा हुनेछ ।

साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी रहेका छन् । साफ महिला क्लब च्याम्पियनसिप जारी रहँदा रंगशालाको दृश्य निकै मनमोहक देखिएको छ । तस्बिर : टार्जन लिम्बु, नेपाल न्यूज बैंक

images

 

images
images

प्रतिक्रिया दिनुहोस्