images images images
images images images
images
images
images

नेपालगञ्जमा डिपल एसओ ५ र नामी भिगो सार्वजनिक

images

काठमाडौं । नेपालमा डिपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै नेपालगञ्जमा डिपल एसओ ५ र नामी भिगो सार्वजनिक गरेको छ।

नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर तथा व्यवसायिक साझेदार पानस अटोमोटिभसँगको सहकार्यमा उक्त गाडी शुक्रबार सार्वजनिक गरिएको हो । यो कदमलाई पश्चिम क्षेत्रमा अत्याधुनिक विद्युतीय मोबिलिटीको विस्तारमा एक महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको एमएडब्लू वृद्धिले जनाएको छ।

images
images

यस्तो छ मूल्य र विशेषता :

यस गाडीमा भेन्टिलेटेड र हिटेड फ्रन्ट सिट, जिरो–ग्राभिटी मोड सहितको क्विन को–पाइलट सिट, रिमोट इन–एण्ड–आउट पार्किङ, लाइभ नेभिगेसनसहितको एआर–हड, तथा पूर्ण इन्टरनेट कनेक्टिभिटी भएको १४.४–इन्च टचस्क्रिन जस्ता अत्याधुनिक सुविधा उपलब्ध छन्, जसले प्रिमियम र फ्युचर–रेडी ड्राइभिङ अनुभव प्रदान गर्छ।

डिपल एसओ ५ सँगै, एमएडब्लू वृद्धि मोटर्सले आफ्नो क्षेत्रीय साझेदार पानस अटोमोटिभमार्फत डोंगफेंगको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित स्मार्ट विद्युतीय एसयूभी नामी भिगो पनि सार्वजनिक गरेको छ। म्याजिक क्युब डिजाइन सहितको आकर्षक बनावट, ९९ किलोवाट क्षमताको शक्तिशाली मोटर, र ३५० किमीसम्मको डब्ल्यूएलटिपी रेञ्ज दिने दुईवटा ब्याट्री विकल्पले भिगोलाई अरूभन्दा फरक बनाउँछ।

हेभन एण्ड अर्थ टेलगेट, म्युजिकसँग मिल्ने एम्बियन्ट लाइटिङ, मेमोरी तथा वेलकम सिट, ३०५ देखि ८०५ सम्म मात्र १८ मिनेटमा फास्ट चार्ज हुने क्षमता र थप सुरक्षा तथा आत्मविश्वासका लागि स्तर २ यसका प्रमुख विशेषता हुन्। नेपालगञ्जका लागि पानस अटोमोटिभलाई आधिकारिक वितरकका रूपमा नियुक्त गरिएसँगै, अब यस क्षेत्रका ग्राहकहरूले डीपल र नामी दुवै गाडीहरूको बिक्री, सर्भिस, टेस्ट ड्राइभ तथा आफ्टर–सेल्स सपोर्ट आफ्नै ठाउँमा सहजै प्राप्त गर्न सक्नेछन्।

सार्वजनिक डिलको मूल्य ब्ल्याक इन्टेरियरका लागि ५६,९९,००० र ओरेन्ज इन्टेरियरका लागि ५७,९९,००० रुपैयाँ तोकिएको छ। नेपालगञ्जका लागि विशेष लन्च अफर अन्तर्गत ब्ल्याक इन्टेरियर ५५,९९,००० र ओरेन्ज इन्टेरियर ५६,९९,००० रुपैयाँमा उपलब्ध हुनेछ। त्यसैगरी, नामी भिगो इटु को मूल्य ३८,९९,००० र इटु  भेरियन्ट ४१,९९,००० रुपैयाँ निर्धारण गरिएको छ। लन्च अफर अन्तर्गत नेपालगञ्जमा भिगो एसओ-५,  ३७,९९,००० र इटु ४०,९९,००० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि एफएनसीसीआई नेपालगञ्जका अध्यक्ष टंकनाथ धामी र विशेष अतिथि एफएनसीसीआईकोहलपुरका अध्यक्ष प्रदीप भट्टराई सहभागी थिए । एमएडब्लू ग्रुपको तर्फबाट एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लू वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्त तथा एमएडब्लू वृद्धि अटोकोर्पका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र चन्दको उपस्थिति रहेको थियो।

यस्तै, पानस अटोमोटिभको तर्फबाट अध्यक्ष ज्ञानेन्द्र खनाल र प्रबन्ध निर्देशक आयुष खनालले पश्चिम नेपालमा ईभी इकोसिस्टम विकासप्रतिको आफ्नो प्रतिबद्धता पुन : दोहोर्याएका थिए ।

 

images
images

प्रतिक्रिया दिनुहोस्