काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘ब्रीद अफ लाइफ’ बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।
शाखा कार्यालय बिराटचोक मार्फत बैंकको कोशी प्रदेश प्रमुख खिमलाल भुसालले बाल आश्रमका सञ्चालक निर्मला राईलाई खाद्यान्न तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।
सञ्चालक राईले सहयोगले गरिब तथा विपन्न वर्गका बालबालिकाको आधारभूत आवश्यकता, शिक्षा र उज्जवल भविष्य सुनिश्चित गर्नविश्वास व्यक्त गरिन् । साथै, यस सहयोगप्रति आभार व्यक्त गर्दै आश्रममा रहेको गरिब तथा विपन्न बालबालिकाको दैनिक जीवन र शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उनले बताइन् ।
बैंकका कोशी प्रदेश प्रमुख भुसालले आश्रममा वितरण गरिएको खाद्यान्न तथा शैक्षिक सामाग्रीले समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।






कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्