काठमाडौं। चालु आर्थिक वर्षको ५ महिनामै भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) ४ खर्ब रुपैयाँ भन्दा माथि बचतमा पुगेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार निर्यातसँगै रेमिट्यान्स आप्रवाहमा उच्च दरमा भित्रिएको र सूचना प्रविधि सेवा निर्यात पनि बढ्दै जाँदा भुक्तानी सन्तुलन बचत चार खर्ब माथि पुगेको हो ।
चालु आर्थिक वर्षको पाँच महिना अर्थात् मंसिरसम्म नै शोधनान्तर बचत ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०८१र८२ को यही समयमा शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा थियो।
शोधनान्तर स्थिति मात्रै नभएर चालु खाता समेत साढे ३ खर्ब रुपैयाँभन्दा बढीले बचतमा रहेको तथ्यांकमा उल्लेख छ । मंसिर मसान्तमा चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको मंसिरसम्म चालु खाता १ खर्ब ५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो।
यसैगरी, चालु आर्थिक वर्षको मंसिरसम्म खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ५० करोड थियो। यस्तै मंसिरसम्म ७ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ३ करोड रुपैयाँ रहेको थियो।






कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्