images images
images images
images
images
images

सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, चार दिनमै १० हजार दुई सय रुपैयाँले महँगियो सुन

images

काठमाडौं । नेपाली बजारमा निरन्तर उकालो लागेको सुनचाँदीको मूल्य आज पनि वृद्धि भएको छ । यो साता लगातार बढिरहेको सुनचाँदीको मूल्यले रेकर्ड तोड्ने क्रमलाई आज पनि जारी राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन (मंगलबार) दुई लाख ७६ हजार पाँच सय रूपैयाँ कायम भई उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउमा आज पुनः नयाँ रेकर्ड बनेको हो । यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला १५ सय रूपैयाँ महँगो हो। सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

images

पुस अन्तिम साता लगातार बढिरहेको सुनको मूल्य चौथो कारोबार दिनसम्म आइपुग्दा १० हजार दुई सय रुपैयाँले वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन (आइतबार) २८ सय रुपैयाँले बढेको सुन, दोस्रो दिन (सोमबार) ४१ सय र तेस्रो कारोबार दिन (मंगलबार) १८ सय रुपैयाँले महँगिएको थियो ।

यस्तै, मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको चाँदीको मूल्य पनि आज थप बढेको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ६५५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको थियो । चाँदी अघिल्लो दिनको तुलनामा आज प्रतितोला ३१५रूपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि आइतबार तोलामा चार हजार नौ सय ९० र सोमबार पाँच हजार एक सय ९५ रूपैयाँमा खरिदबिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ६ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

images
images

प्रतिक्रिया दिनुहोस्