images images
images images
images
images
images

बुद्ध एयरको आपतकालिन ढोका खोलिदिएपछि भैरहवा–काठमाडौं उडानमा ढिलाई 

images

काठमाडौं । आज भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं.८५२ (जहाज ९ एन–एएमडी) ढिलाई भएको छ।

बुद्ध एयरका यात्रु सुमन गौतमले जहाजको आपतकालिन ढोका खोलेका कारण उडान प्रभावित भएको बताइएको छ ।

images

बुद्ध एयरका अनुसार घटनापछि गौतमलाई विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। जहाजको सुरक्षा र प्राविधिक परीक्षण गर्न काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको कम्पनीले जनाएको छ । परीक्षण पूरा भएपछि मात्र जहाजले उडान भर्ने बुद्ध एयरले प्रस्ट पारेको छ ।

नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालिन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध मानिन्छ। यस घटनाले यात्रुमा परेको असुविधाप्रति बुद्ध एयरले क्षमा मागेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्