काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले ५ प्रप्रतिशत लाभांश सहितको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
संस्थाको संचालक समितिका अध्यक्ष कल्याण बिक्रम पाँडेको अध्यक्षतामा बुधबार सम्पन्न साधारण सभामा अध्यक्ष पाँडेले चुनौतीपूर्ण आर्थिक परिवेशलाई अवसरमा रूपान्तरण गर्दै सुशासन, सुदृढ जोखिम व्यवस्थापन र सेवाग्राही केन्द्रित कार्यदिशाका साथ संस्था स्थिरतापूर्वक दृढ भएर अघि बढिरहेको बताए ।
त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्थाले सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित सेवामार्फत ग्राहकहरु समक्ष संस्थाका गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको उल्लेख गरे । सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकका नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।
त्यस्तै सञ्चालक समितिमा ४ जना निर्विरोध चयन गरेको छ। संस्थापक समूहतर्फ कल्याण बिक्रम पाँडे (ग्लोबल आइएमई बैंक लि), नेपाल भुषण श्रेष्ठ (प्राइम कमर्सियल बैंक लि), सुमन मुलेपती (सिटिजन्स बैंक इन्टरनेशनल लि) र सर्वसाधारण समुहतर्फ सुनिता पौडेल निर्विरोध निर्वाचित भएको संस्थाले जनाएको छ ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आइरहेको छ ।






कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्