images images images
images images images
images
images
images

एकैदिन बजारबाट १ खर्ब २५ अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

images

 काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि एकै दिन १ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप प्रशोचन गर्ने भएको छ।

निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकले शुक्रबार उक्त रकम तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ।

images
images

निक्षेपमा आवेदन दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्युनतम १० करोड रुपैयाँ र अधिकतममा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो ५ दिने निक्षेप संकलन उपकरणको वैशाख २ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्