काठमाडाैं । मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको बढ्दो मूल्यबाट जनतालाई राहत दिन इन्धनमा लाग्दै आएको भन्सारमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले इन्धन आयातमा लाग्ने कर कटौतीदेखि ठूला आयोजनाका लागि जग्गा अधिग्रहणसम्मका विभिन्न प्रस्तावहरू स्वीकृत गरेको हो।
सरकारले उपभोक्तालाई राहत दिने उद्देश्यले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार, इन्धनमा भइरहेको भारी घाटा न्यूनीकरण गर्न र मूल्य समायोजनलाई व्यवहारिक बनाउन यो कदम चालिएको हो।
यसअघि सरकारले इन्धन खपत घटाउने रणनीति अन्र्तगत आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
ठूला पूर्वाधार आयोजनालाई स्वीकृति
आजको मन्त्रिपरिषद्ले विकास निर्माणका कार्यलाई तीव्रता दिन जग्गा अधिग्रहण र वन क्षेत्र प्रयोगको अनुमति दिएको छ । जसअन्र्तगत
काठमाडौं–तराई मधेश द्रुतमार्गमा पर्ने काठमाडौं, ललितपुर र मकवानपुरका वन क्षेत्रको ४६.३९ हेक्टर जमिन प्रयोग गर्न र १८, ८९८ वटा रुख कटान गर्न अनुमति दिएको छ।
यस्तै, नागढुंगा सुरुङमार्गको पश्चिम खण्ड (धुनिबेसी नगरपालिका) र वेत्रावती–स्याफ्रुबेसी सडक खण्ड (उत्तरगया गाउँपालिका) मा निजी जग्गा अधिग्रहण गर्न स्वीकृति दिइएको छ। सरकारले विश्व बैंकबाट प्राप्त हुने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्