Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आरोपबारे स्पष्टिकरण : ‘ट्राफिक हवलदार रोशननाथबारे अपुष्ट तथा भ्रामक सूचना प्रसारण भयो’

आरोपबारे स्पष्टिकरण : ‘ट्राफिक हवलदार रोशननाथबारे अपुष्ट तथा भ्रामक सूचना प्रसारण भयो’
विज्ञापन
Advertisement

हेटौँडा । मकवानपुरको भैँसे क्षेत्रमा कार्यरत ट्राफिक प्रहरी हवलदार रोशननाथमाथि ‘दादागिरी शैली’ मा काम गरेको, अवैध रूपमा रकम असुल्ने तथा स्थानीयलाई धम्की दिने गरेको भनी यसअघि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित्प्र/सारित समाचारप्रति आधिकारिक निकायले स्पष्टिकरण दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि प्रकाशित समाचारमा रोशननाथमाथि गम्भीर प्रकृतिका आरोपहरू उल्लेख गरिएका थिए । तर, पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले स्थानीय व्यक्तिहरू दिक्षान्स खड्का र सन्तोष बिकेसँग छलफल तथा स्थलगत बुझाइ गरेपछि ती आरोपहरू पुष्टि हुन नसकेको जनाएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक रूपमा प्रस्तुत गरिएका आरोपहरू पर्याप्त प्रमाणमा आधारित नरहेको निष्कर्ष निकालिएको छ। साथै, समाचार सम्प्रेषणका क्रममा केही तथ्यगत त्रुटि भएको स्वीकार गर्दै सम्बन्धित पक्षले त्यसप्रति खेद व्यक्त गरेको छ ।

यस सन्दर्भमा ट्राफिक प्रहरी संगठनले आफ्नो संस्थागत छवि र विश्वसनीयतामा आँच पुग्ने किसिमका अपुष्ट तथा भ्रामक सूचनाको प्रसारणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै, यस्ता विषयमा यथार्थपरक सूचना संकलन गरी मात्र सार्वजनिक गर्न सञ्चारमाध्यम तथा सरोकारवालासँग आग्रह गरिएको छ। उता, स्थानीय तहमा उठेका गुनासाहरूलाई पनि पूर्ण रूपमा नजरअन्दाज नगरी आवश्यक परे थप छानबिन गरिने प्रहरी स्रोतले जनाएको छ।

प्रहरी संगठनले सेवामुखी र उत्तरदायी ढंगले काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै कुनै पनि कर्मचारीमाथि ठोस प्रमाणसहित उजुरी आएमा कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit