Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा बीमालेख पुनर्जागरण योजना, विलम्ब शुल्कमा विशेष छुट

नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा बीमालेख पुनर्जागरण योजना, विलम्ब शुल्कमा विशेष छुट
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) को अवसर पारेर व्यतीत (लाप्स) भएका बीमालेखहरू पुनः सक्रिय गराउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट योजना सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार वर्तमान आर्थिक कठिनाइका कारण धेरै बीमालेखहरू व्यतीत भइरहेका सन्दर्भमा बीमितहरूलाई सहज रूपमा नवीकरण गर्न सहयोग पुर्‍याउने लक्ष्यसहित यो योजना ल्याइएको हो। योजना अन्तर्गत मिति २०८३ वैशाख ७ देखि जेठ ५ गतेसम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा अधिकतम १०० प्रतिशतसम्म छुट प्रदान गरिनेछ।

नेपाल लाइफले पहिलो पटक यति ठूलो परिमाणमा विलम्ब शुल्क छुटसहितको योजना ल्याएको जनाएको छ। ३० दिनको अवधिका लागि लागू गरिएको यस योजनाबाट बीमालेख व्यतीत भएका बीमितहरूले लाभ लिन सक्ने कम्पनीको विश्वास छ।

कम्पनीले सबै बीमितलाई यो अवसरको सदुपयोग गर्दै बीमालेख नवीकरण गरी निरन्तर बीमा सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

नेपाल लाइफ देशकै अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो। कम्पनीले करिब ३० प्रतिशत बजार हिस्सा ओगट्दै आएको छ भने देशभरका ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल र ६९ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको छ।

यसै अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले बीमितहरूको विश्वासलाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै व्यतीत बीमालेख पुनः सक्रिय गराउने उद्देश्यले योजना ल्याइएको बताए।

उनले भने, “बीमालेख व्यतीत हुनु विभिन्न परिस्थितिको परिणाम हुन सक्छ। त्यसैले ग्राहकलाई पुनः बीमा सुरक्षाको दायरामा ल्याउन यो विशेष छुट योजना कार्यान्वयनमा ल्याएका हौँ।”

पराजुलीले सबै बीमितलाई योजना उपयोग गरी आफ्नो तथा परिवारको भविष्य सुरक्षित बनाउन आग्रह गर्दै नेपाल लाइफ सधैं ग्राहकको विश्वासको सहयात्री रहने प्रतिबद्धता व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit