images images
images images
images
images
images

कविता सङ्ग्रह ‘देउता बनाउने कारखाना’को लोकार्पण

images

काठमाडौँ । जापानको राजधानी टोकियोमा कवि रबिन शर्माको कविता सङ्ग्रह ‘देउता बनाउने कारखाना’को लोकार्पण गरिएको छ ।

तीन सयभन्दा बढी नेपाली साहित्यप्रेमीहरुको उपस्थितिमा जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी क्षेत्रीलगायतले उक्त कृति लोकार्पण गरेका हुन ।
राजदूत क्षेत्रीले कवि शर्माको प्रशंसा गर्दै प्रवासमा बसेर कृति प्रकाशन गरी नेपाली भाषा र साहित्यमा योगदान दिएकोमा खुशी व्यक्त गरे । “यति ठूलो सङ्ख्याको उपस्थितिमा नेपाली साहित्यिक कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ, यो उपस्थितिले नेपाली साहित्यप्रतिको मोह देखाउँछ, आगामी दिनमा पनि साहित्य लेखनलाई निरन्ता दिन म कवि शर्मालाई आग्रह गर्दछु”, राजदूत सुवेदीले भने ।

images

सो अवसरमा पूर्वसांसद सूर्य पाठक, पत्रकार राजु सुवेदी, साहित्यकार, समाजसेवी तथा जापानमा क्रियाशील प्रतिष्ठित नेपाली व्यक्तित्वहरुको उपस्थिति थियो । कवि शर्माले आफ्ना केही कवितावाचन गरी सुनाएक थिए भने मूर्तिकार मञ्जुल मितेरीले पुस्तकमाथि चर्चा गरे। लोकर्पणका अवसरमा दुई सय ५० भन्दा बढी कृति बिक्री भएको जनाइएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्