Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

गोरखा–२ मा अग्रता बढाउँदै रास्वपाका बुर्लाकोटी

गोरखा–२ मा अग्रता बढाउँदै रास्वपाका बुर्लाकोटी
दाङको घोराही उपमहानगरपालिका- १५ स्थित पद्दमोदय नमुना मावि केन्द्रमा मतदान गर्दै सर्वसाधारण । तस्बिरः कुलदीप न्यौपाने/रासस
विज्ञापन
Advertisement

गोरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कविन्द्र बुर्लाकोटीले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेसँगको मतान्तर उनले एक हजार १५९ पु¥याएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

अहिलेसम्म दुई हजार ८०२ मतगणना हुँदा रास्वपाका उम्मेदवार बुर्लाकोटीले एक हजार ५७१ मत प्राप्त ग्का हुन् । उनलाई पछ्याउँदै आउनुभएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार न्यौपानेले ४१२ मत प्राप्त गरे ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दुवाडीले ३६१ र नेकपा एमालेका उम्मेदवार मिलन गुरुङले १५८ मत प्राप्त गरेका निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासले जानकारी दिए। मतगणना जारी छ ।

उत्तरी गोरखाको १४ केन्द्रका मतपेटिका ल्याउन अझै बाँकी

प्रतिनिधिसभा गोरखा क्षेत्र नं १ अन्तर्गत पर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न १४ वटा मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याउन अझै बाँकी रहेको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत आज मतपेटिका ढुवानी गरिएको भए पनि मौसममा आएको खराबीका कारण मतपेटिका ल्याउन ढिलाइ भएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

‘चुमनुब्री गाउँपालिकाका २३ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘आज नौवटा केन्द्रको मतपेटिका ढुवानी गरिएको छ भने १४ वटा मतदान केन्द्रको मतपेटिका मौसम खराबीका कारण ढुवानी गर्न सकिएन ।’

मतपेटिका ढुवानीका लागि आज दोस्रोपटक सदरमुकामबाट उडेको सेनाको हेलिकप्टरले खाङसार र साम्दोको मतपेटिका सङ्कलन गरेर फर्कने क्रममा एक्कासी मौसम बिग्रिएपछि पोखरामा आकस्मिक अवतरण गर्नुपरेको थियो ।

सहायक प्रजिअ शर्माले हेलिकप्टर तयारी अवस्थामा रहेको शनिबार बिहान मौसम खुल्नेबित्तिकै बाँकी रहेका केन्द्रको मतपेटिका पनि ढुवानी गरेर सदरमुकाम ल्याइने बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit