काठमाडाैँ । नेपालमा मातृत्वको भावना मात्र होइन, बच्चाको हेरचाह र पोषणमा पनि अभिभावकहरू अत्यन्त सजग रहन्छन्। सन्तानको पहिलो आहार स्वस्थ, सुपाच्य र पोषणयुक्त हुनु अनिवार्य मानिन्छ। हाम्रो परम्परागत आहार प्रणालीमा शिशुहरूलाई घरमै बनाइने लिटो खुवाउने चलन छ। हाम्रा हजुरआमा र आमाहरूले आफ्ना सन्तानलाई घरमै बनाएको पौष्टिक लिटो खुवाउने परम्परा लामो समयदेखि चल्दै आएको छ ।
तर आधुनिक जीवनशैली र समय अभावले गर्दा घरमै बनाउने लिटोको परम्परा क्रमशः हराउँदै गयो। यही आवश्यकता बुझेर, नेपाली मातापितालाई गुणस्तरीय, सुरक्षित, र पौष्टिक आहार उपलब्ध गराउने उद्देश्यले जन्मिएको हो— सर्वोत्तम लिटो
एक समय थियो, जब नेपाली अभिभावकहरू आफ्ना साना नानीबाबुका लागि विदेशी ब्रान्डका बेबी फुडहरू खोज्न बाध्य हुन्थे। ती उत्पादनहरू न त नेपाली स्वादअनुसार हुन्थे, न त हाम्रो भौगोलिक तथा सांस्कृतिक परिवेशअनुकूल। यस्तै अभावलाई बुझ्दै, वि.सं. २०५३ (सन् १९९७) मा BLC Instant Food Pvt= Ltd ले सर्वोत्तम लिटो को सुरुवात गर्यो—एक शुद्ध, स्वास्थ्यवद्र्धक, र नेपाली स्वादअनुरूप तयार गरिएको पोषिलो आहार। परम्परागत नेपाली लिटोको सुस्वादु स्वाद, पौष्टिकतासँगै आधुनिक उत्पादन प्रविधिको संयोजन गर्दै, यसले लाखौँ नेपाली अभिभावकहरूको मन जित्न सफल भयो। सर्वोत्तम लिटो आज नानीबाबुदेखि वृद्धवृद्धासम्मको रोजाइ बन्दै, स्वस्थ जीवनशैलीको पर्याय बनेको छ। नेपाली स्वाद, परम्परा, र पोषणको एक अद्भुत संयोजनका रूपमा यसले नेपाली परिवारको भान्सामा आफ्नो अभिन्न स्थान बनाइसकेको छ ।
सर्वोत्तम लिटो केवल स्वादमा मात्र उत्कृष्ट छैन, यो आमाबाबुको माया र सन्तानको स्वस्थ भविष्यप्रति हाम्रो प्रतिबद्धताको प्रतीक हो। उत्पादनहरू विश्वस्तरीय गुणस्तर मापदण्ड अनुसार निर्मित रहेको छ । जसले हरेक चम्चा लिटोसँग पोषण, सुरक्षा र विश्वासको ग्यारेन्टी दिन्छ । सन्तानको सुदृढ वृद्धि र विकासका लागि हा हरेक प्याकेटलाई गुणस्तरको कठोर परीक्षणबाट पार गरिएका छ ।
सर्वोत्तम लिटो नम्बर १ हुनुको कारण यसको विशिष्ट उत्पादन प्रक्रिया, उच्च गुणस्तर, र नेपाली परिवारका लागि विशेषरूपमा तयार पारिएको पोषणयुक्त तत्व हो। नेपालमै उत्पादन भएको यस लिटोमा कुनै पनि हानिकारक केमिकल वा संरक्षक पदार्थ प्रयोग गरिएको छैन, जसले शिशुहरूको स्वास्थ्यलाई सुरक्षित राख्छ। विदेशी ब्रान्डहरूसँग तुलना गर्दा गुणस्तरमा अब्बल रहँदै किफायतीसमेत भएकाले आम नेपाली अभिभावकको पहिलो छनोट बन्न सफल भएको छ। भिटामिन, क्याल्सियम, आइरन, प्रोटिन, कार्बोहाइड्रेट जस्ता अत्यावश्यक पोषक तत्त्वहरूले भरिपूर्ण यस लिटो नेपाली शिशुहरूको आहारअनुसार बनाइएको छ, जसले सजिलै पाचन हुने र सन्तुलित पोषण प्रदान गर्ने विशेषता बोकेको छ। यो केवल आहार मात्र होइन, हाम्रा हजुरआमाले सन्तानका लागि बनाउने घरायसी पौष्टिक खानाजस्तै प्रेम, विश्वास, र परम्पराको समिश्रण हो।
सर्वोत्तम लिटो स्वस्थ शरीर र मानसिक विकासका लागि उत्तिकै प्रभावकारी छ। यसले शिशुहरूको हड्डी, मांसपेशी, स्नायु प्रणाली तथा मस्तिष्क विकासमा सहयोग पु¥याउँछ। प्राकृतिक तत्वहरूका कारण पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ, जसले पेटलाई हल्का र आरामदायक अनुभूति दिन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने यस लिटोले बच्चाहरूलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। शरीरलाई आवश्यक सम्पूर्ण पोषक तत्त्वहरू प्रदान गर्दै दीर्घकालीन स्वास्थ्य लाभ दिनु यसको मुख्य विशेषता हो।
सर्वोत्तम लिटो केवल स्वास्थ्यका लागि मात्र नभई नेपाली समाज र अर्थतन्त्रका लागि पनि लाभदायक छ। नेपाली किसानको मेहनत, नेपाली उद्यमशीलताको प्रतिबिम्ब, र नेपाली मातापिताको गर्व यस उत्पादनमा समेटिएको छ। स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै यसले विदेशी आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
कच्चा पदार्थ नेपाली किसानहरूमैत्री नीतिअनुसार खरिद गरिएकाले उनीहरूको आम्दानीमा वृद्धि हुनुका साथै स्वदेशी उत्पादनको मूल्य विस्तार गर्न मद्दत मिलेको छ। साथै, नेपाली उद्योगलाई प्रवद्र्धन गर्दै हजारौँ नेपालीहरूलाई रोजगारी सिर्जना गरी उनीहरूको जिविकोपार्जनमा योगदान पु¥याएको छ। स्वदेशमै गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै देशको आत्मनिर्भरतालाई बलियो बनाउने हाम्रो लक्ष्य हो, जसमा सर्वोत्तम लिटोले ठोस भूमिका खेलिरहेको छ।
विदेशी उत्पादनभन्दा सस्तो, पोषणयुक्त, सुपाच्य, सुरक्षित अनि नेपाली स्वादयुक्त भएर नै सर्वोत्तम लिटो बजारमा सबैभन्दा बढी बिक्री हुने बेबी फुड बनेको छ। बजारमा सेरेलेक जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरू प्रतिस्पर्धामा छन्, तर नेपाली अभिभावकहरूको पहिलो रोजाइ अझै पनि सर्वोत्तम लिटो नै छ। यसको मुख्य कारण गुणस्तर, मूल्य, अनि नेपाली बालबालिकाको स्वास्थ्य आवश्यकतासँग मेल खाने उत्पादन प्रक्रिया हो।
भविष्यका योजनाहरूअन्तर्गत, कम्पनीले नयाँ स्वाद र उच्च गुणस्तरका उत्पादनहरू विकास गर्दै नेपाली बेबी फुड उद्योगलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राख्छौं। अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्दै, नविनतम प्रविधि तथा अनुसन्धानमार्फत अझ पोषिलो र सुरक्षित बेबी फुड निर्माण गर्ने हाम्रो प्राथमिकता हुनेछ। साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत, बाल पोषण कार्यक्रमहरू सञ्चालन गरी आमाबुबा र अभिभावकलाई सचेत गराउने तथा स्वस्थ भविष्य निर्माणमा योगदान दिने उद्देश्य राखेका छौं।
बालबालिकाको पोषण भनेको केवल खाना खुवाउने विषय मात्र होइन, यो त एउटा पुस्ताको भलाइसँग सम्बन्धित छ। नेपाली आमाबाबुले आफ्ना सन्तानको भविष्य सुरक्षित बनाउन कुनै सम्झौता गर्न चाहँदैनन्। त्यसैले, जब कुरा बच्चाको पहिलो आहारको आउँछ, सर्वोत्तम लिटो नै सबैको पहिलो रोजाइ हुन्छ। नेपालमै उत्पादन भएको, सन्तानको स्वास्थ्यप्रति समर्पित, अनि नेपाली अर्थतन्त्रलाई बलियो बनाउने यो ब्रान्ड आज लाखौँ परिवारको विश्वास जित्न सफल भएको छ।






कर्पोरेट समाचार 


















प्रतिक्रिया दिनुहोस्