Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

नाडा निर्वाचनसम्बन्धी रिट पाटन उच्च अदालतद्वारा खारेज, नव–निर्वाचित कार्यसमितिको शपथग्रहणको बाटो खुल्यो

नाडा निर्वाचनसम्बन्धी रिट पाटन उच्च अदालतद्वारा खारेज, नव–निर्वाचित कार्यसमितिको शपथग्रहणको बाटो खुल्यो
विज्ञापन
Advertisement

काठमाडौं । नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपाल (नाडा) को हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी विषयमा दायर गरिएको रिट निवेदन पाटन उच्च अदालतले खारेज गरेको छ। अदालतको उक्त निर्णयसँगै नाडाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहणका लागि मार्ग प्रशस्त भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नाडाका अनुसार अदालतमा मुद्दा विचाराधीन रहेकाले न्यायालयप्रतिको सम्मान र विधिको शासनप्रतिको प्रतिबद्धतालाई ध्यानमा राख्दै संस्थाले नव–निर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको थियो।

तर पाटन उच्च अदालतबाट रिट निवेदन खारेज भएको निर्णय प्राप्त भएसँगै उक्त विषयसँग सम्बन्धित सम्पूर्ण कानुनी अवरोध समाप्त भएको नाडाले जनाएको छ।

अब संस्थाको विधान, विधि र स्थापित प्रक्रियाअनुसार नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम निकट भविष्यमा सम्पन्न गरिने नाडाले जानकारी दिएको छ।

नाडाले अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै उक्त निर्णयले विषयमा स्पष्टता ल्याएको र संस्थालाई आगामी दिनमा थप स्थिरता तथा एकताका साथ अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

संस्थाले सम्पूर्ण सदस्य, सरोकारवाला निकाय तथा साझेदार संस्थासँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद तथा उद्योगमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

करिब पाँच दशकदेखि सक्रिय रहेको नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपाल नेपालमा अटोमोबाइल क्षेत्रको प्रतिनिधित्व गर्ने प्रमुख छाता संस्था हो। नाडाले अटोमोबाइल उद्योगको विकास, प्रवर्द्धन, नीतिगत सहकार्य तथा सरोकारवालाबीच समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit