Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

सूर्योदय वोमी लघुवित्तको १५औं वार्षिकोत्सव सम्पन्न

सूर्योदय वोमी लघुवित्तको १५औं वार्षिकोत्सव सम्पन्न
विज्ञापन
Advertisement

ललितपुर । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

संस्थाको वार्षिकोत्सव २०८२ फागुन २५ गते ललितपुरको महालक्ष्मी–४, बोचुहाइटस्थित कर्पोरेट कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको हो। संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत, प्रहरी प्रभाग इमाडोल ललितपुरका प्रतिनिधि, संस्थाका उच्च व्यवस्थापनका कर्मचारी, कर्पोरेट तथा शाखा कार्यालयका कर्मचारी र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले स्वागत मन्तव्य राख्दै वार्षिकोत्सव कार्यक्रमबारे जानकारी गराएका थिए। प्रमुख कार्यकारी अधिकृत पंगेनीले कार्यक्रमको उद्घाटन गर्दै संस्थामा दीर्घकालीन सेवा गर्ने कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका थिए। उनले संस्थाले अति विपन्न वर्गलाई वित्तीय सेवा प्रदान गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउन तथा देशको अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउँदै आएको बताए।

सो अवसरमा संस्थामा निरन्तर १० वर्ष सेवा पुर्‍याएका कर्मचारीहरूलाई सम्मान गरिएको थियो। साथै प्रहरी प्रभाग इमाडोल, ललितपुरलाई आवश्यक स्टेशनरी सामग्री हस्तान्तरण गर्नुका साथै मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रमको सहजीकरण संस्थाका कर्मचारी लक्ष्मी अर्यालले गरेका थिए। संस्थाले हाल सातवटै प्रदेशका ५५ जिल्लामा १६७ शाखा कार्यालयमार्फत करिब १ लाख ९५ हजार ग्राहक सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit